आइतबार, वैशाख २७, २०८३

आठौं चेम्बर एक्स्पोको अवसरमा जीरो एमिसन राइड एनले ल्यायो विशेष अफर

मेरोन्यूज २०८१ माघ १६ गते १७:३७

काठमाडाैं । नेपालमा इलेक्ट्रिक स्कूटरको बढ्दो लोकप्रियतालाई मध्यनजर गर्दै जीरो एमिसन राइड एनले माघ १७ देखि २१ सम्म भृकुटीमण्डपमा आयोजना हुने आठौं चेम्बर एक्स्पोमा सहभागी हुँदै विशेष अफर सार्वजनिक गरेको छ।

Advertisement
NiccNicc

यस अफर अन्तर्गत, लुआन र इकुटर ब्रान्डका कुनै पनि इलेक्ट्रिक स्कूटर खरिद गर्ने ग्राहकले रु. २०,००० नगद छुट पाउनेछन्।

कम्पनीका अनुसार यो अफर केवल नगद खरिद गर्ने ग्राहकका लागि लागू हुनेछ। नगदमा खरिद गर्न नसक्ने ग्राहकहरूका लागि सहज फाइनान्स सुविधा उपलब्ध हुनेछ भने एक्सचेन्ज अफर समेत प्रदान गरिनेछ।

जीरो एमिसन राइड एनले नेपालमा ६ वर्षभन्दा बढी समयदेखि इलेक्ट्रिक स्कूटरको बिक्री तथा बिक्रीपछिको सेवा प्रदान गर्दै आएको छ।

नेपालको सबैभन्दा ठूलो सर्भिस सेन्टर र चार्जिङ नेटवर्क सहित २००० भन्दा बढी ग्राहकहरूलाई सेवा दिइसकेको यस कम्पनीले अब अझ व्यापक रूपमा ग्राहकलाई उत्कृष्ट सेवा दिने योजना बनाएको छ।

प्रतिक्रिया