मधेश केन्द्रित गठीत कार्यदलकाे बैठक बस्दै

काठमाडौं । सत्ता साझेदार र प्रतिपक्षमा रहेका मधेश केन्द्रित विभिन्न आठ दलहरूको कार्यदलले आजदेखि कार्यक्रम सुरु गरेको छ । शुक्रबार कार्यदलले दुइवटा कार्यक्रम गर्ने भएको हो ।
कार्यदलले शुक्रबार बिहान मुक्कुमलुङमा गोली लागि घाइते भएका योद्धासँग भेट्ने छ । ताप्लेजुङस्थित धार्मिक स्थल मुक्कुमलुङ पाथीभरा क्षेत्रमा केवलकारको विवादमा शनिबार साँझ गोली प्रहार हुँदा धेरै जना घाइते भएका थिए ।केही घाइतेहरूको काठमाडौं महाराजगन्जस्थित टिचिङ हस्पिटलमा उपचार भइरहेको छ । आज १० : ३० मा हस्पिटलमै गएर भेटघाट गर्ने कार्यक्रम रहेको छ ।
यस्तै आजै बिहीबार गठित कार्यदलको बैठक बस्ने छ । बैठक दिउँसो ३ बजे लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा ) नेपालको संसदीय दलमा बस्ने बताइएको छ । बैठकमा जनता समाजवादी पार्टी (जसपाका इस्तियाक राई, जनमत पार्टीका शरदसिंह यादव, जसपा नेपालका मनिष सुमन, नागरिक उन्मुक्ति पार्टीका गंगाराम चौधरी, लोसपाका लक्ष्मणलाल कर्ण, राष्ट्रिय मुक्ति पार्टी नेपालका केशव झा, जनता प्रगतिशीलका शिवजी यादव र तमलोपाका ब्रजेस सिंह सहभागि हुने छन् ।
कार्यदलले अवधारणा, एजेन्डा, मोडिलाटी र आचारसंहिता सँगसँगै समग्र राजनीतिक परिस्थितिबारे दृष्टिकोण बनाएर शीर्ष नेताहरू समक्ष प्रतिवेदन पेस गर्ने सदस्य केशव झाले जानकारी दिए ।













नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर
देशभर पश्चिमी वायुको प्रभाव , कस्तो रहला आजको मौसम ?
पुस १६ गते बुधवारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
पल्टेको ग्यास बुलेट हटाउन नसक्दा १३ घण्टादेखि पूर्व-पश्चिम राजमार्ग अवरुद्ध
विद्यार्थीहरूलाई देशप्रेमको भावना जगाउँने शिक्षा दिनु आवश्यकः अध्यक्ष विजुक्छेँ
एनएसजेएफ पल्सर स्पोट्र्स अवार्डको नयाँ मिति घोषणा, पावर्ड बाईमा यती एयरलाइन्स
प्रतिनिधिसभा निर्वाचन : आज र भोलि समानुपातिक निर्वाचनको बन्द सूची पेस गर्ने कार्यतालिका
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
कुलमानको उज्यालो नेपाल र प्रलोपाबीच एकता हुँदै
पुस १४ गते साेमवारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया