प्रजातान्त्रिक आन्दोलनका योद्धा आङ्देम्बेको निधन

झापा । प्रजातान्त्रिक आन्दोलनका योद्धा हल्दिबारी–५ निवासी अमृतबहादुर आङ्देम्बेको ९९ वर्षको उमेरमा निधन भएको छ ।
विसं १९८२ मा पाँचथरको नवमीडाँडा–८ मा जन्मेका आङदेम्बेको शुक्रबार निधन भएको हो । उनी लामो समयदेखि हल्दिबारी–५ (साविक जलथल–९) मा बसोबास गर्दै आएका थिए । नेपाली कांग्रेसले सञ्चालन गरेको मुक्तिसेनाका रूपमा सक्रिय आङ्देम्बे ‘चार सरकार’ का उपनामले परिचित थिए ।
उनले बिपी कोइराला, अग्रज प्रजातान्त्रिक योद्धाहरू भूविक्रम नेम्बाङ, देवान दोर्जे, प्रेमराज आङ्देम्बे, मच्छिन्द्रबहादुर केरूङलगायत नेताहरूको निकटतम रहेर काम गरेका थिए । उनीका छोराहरू नरविर, हस्तबहादुर, हर्कबहादुर, विष्णुबहादुर र छोरीहरू टीका र श्रीमाया आङदेम्बे छन् ।
हल्दिबारी–५ का वडाध्यक्ष खड्गबहादुर लावतीका अनुसार शनिबार बिहान ११ बजे निजी निवासबाट शवयात्रा प्रारम्भ भई चारकोशे झाडीस्थित चिहानडाँडामा अन्त्येष्टि गरिने छ ।
नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेले प्रजातन्त्र सेनानी स्व आङदेम्बेको निधनले कांग्रेसलाई अपूरणीय क्षति पुगेको जनाउँदै शोकाकूल परिवारजनप्रति समवेदना प्रकट गरे ।















विश्वकपमा इरानको समर्थन गर्दा केइसुके होन्डाले अमेरिकी विज्ञापन सम्झौता गुमाए
आयल निगमद्वारा पेट्रोलियम पदार्थको व्यापक मूल्य वृद्धी
वार्ताका लागि इरानले प्रस्ताव गरिरहेकाे ट्रम्पकाे दावी झुटाे : इरान
अष्ट्रेलियामा शरण मागेकी इरानी महिला फुटबल टोलीकी कप्तानले निवेदन फिर्ता लिइन्
यी हुन् कांग्रेसले समानुपातिकमा सिफारिस गरेका २० जना
मौसममा पश्चिमी प्रणालीको प्रभाव: केही स्थानमा वर्षा र हिमपातको सम्भावना
इरानी राष्ट्रपति पेजेश्कियान जनतासँगै सडकमा उत्रिए
प्रचण्ड र रविबीच कुराकानी
सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट, आज कतिमा काराेबार हुँदैछ ?
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
प्रतिक्रिया