हिरोशिमा विश्व शान्तिको प्रतिक: एमाले महासचिव

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले जापानको हिरोसिमा पिस मेमोरियल पार्क विश्व शान्तिको प्रतीक भएको बताएका छन्।
जापानको हिरोसिमा स्थित सो पार्क अवलोकनका लागि पुगेका पोखरेलले ऐतिहासिक स्थलको स्मरण गर्नका लागि निर्माण गरिएको हिरोसिमा पिस मेमोरियल पार्क आज विश्वभर शान्तिको सन्देश फैलाउने केन्द्रबिन्दु बनेको बताए
विश्व शान्तिका लागि हिरोसिमाले दिएको सन्देशको निक्कै मर्मस्पर्शी भएको बताउँदै महासचिव पोखरेलले हिरोसिमा पिस मेमोरियल पार्कको भ्रमणपछि परमाणु मुक्त विश्वको आवश्यकता र शान्ति स्थापनाका लागि सबै राष्ट्रहरूले संयमता अपनाउनु पर्ने जनाए ।
हिरोसिमाले इतिहासबाट पाठ सिक्न प्रेरित गर्नुका साथै विश्वमा दिगो शान्ति स्थापना गर्ने अभियानलाई सशक्त बनाउने उनको भनाई छ।
हिरोसिमामा दोस्रो विश्वयुद्धको क्रममा ६ अगस्ट १९४५ मा इतिहासकै सबैभन्दा दर्दनाक घटनामध्ये एक घटना भएको थियो । अमेरिकाले हिरोसिमा सहरमा परमाणु बम आक्रमण गर्दा हजारौँ निर्दोष नागरिकहरूले ज्यान गुमाएका थिए । सो आक्रमणबाट सहरमा अकल्पनीय विनाश भएको थियो ।
विगतका घाउ बिर्सँदै हिरोसिमा पुनर्निर्माण भएर शान्तिको प्रतीकको रूपमा स्थापित भएको छ ।
पार्क अवलोकन गर्न एमाले महासचिव शंकर पोखरेल, केन्द्रीय सदस्य सूर्य पाठक, प्रवासी नेपाली मञ्च जापानका प्रतिनिधिहरू लगायत पुगेका थिए।
सो क्रममा उहाँले परमाणु हमलाको विनाशकारी प्रभावको बारेमा जानकारी लिएका थिि।ए










तनावका बीच इरानले गर्याे क्षेप्यास्त्र परीक्षण
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
रवि लामिछाने र बालेनबीच भेटवार्ता
कांग्रेस क्रियाशील सदस्यताको फारम पुस ९ गते भित्र भर्नुपर्ने
क्षेप्यास्त्र कार्यक्रममा कुनै सम्झौता हुँदैन -इरान
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
कार्की ब्याङ्क्वेटमा ईश्वर पोखरेल समूहको भेला
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
प्रतिक्रिया