एलिनाले भनिन् :प्रेम सम्बन्ध हुँदा पनि हाम्रो धेरै खटपट हुन्थ्यो,‘विवाह गर्न हतार गरेछु’

काठमाडौँ । गायिका एलिना चौहानले सम्बन्ध विच्छेदको मुद्दा दायर गरेपछि पहिलोपटक आफ्नो धारणा सार्वजनिक गरेकी छिन् । गत वैशाखमा बागलुङ निवासी विष्णु सापकोटासँग विवाह बन्धनमा बाँधिएकी चौहानले वारेस विष्णुप्रसाद खरेलमार्फत काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेकी हुन् ।
सामाजिक सञ्जालमा एक भिडियो सार्वजनिक गर्दै उनले विवाह गर्न हतार गरेको स्वीकार गरेकी छन् । कसैले विवाह गर्दा डिभोर्स हुन्छ भनेर नगर्ने बताउँदै उनले धेरै सोचेर नै यो निर्णय लिएको खुलाएकी छन् । उनले भनेकी छन्, ‘कसैले बिहे डिभोर्स हुन्छ भनेर गरेको हुँदैन । हिन्दु संस्कार अनुसार त झन् ७ जुनीका लागि हुन्छ भनेर गरेको हुन्छ । कसैको आमाबाबुले छोरीको डिभोर्स होस् भन्ने चाहँदैनन् । हामीले सोचेर नै यो निर्णय लिएका हौँ, दुई जना र दुई जनाको परिवारबिच कुरा गरेर ।’
अदालतको कुरा कसरी बाहिर आयो भन्ने कुरा पनि उनले आश्चर्य व्यक्त गरेकी छन् । ‘कति कुरा इच्छा भन्दा पनि जरुरी हुँदो रहेछ । मनमुटाब हुँदा पछि ठुलो दुर्घटना हुँदा झन् नराम्रो हुन्छ । अहिले केही बिग्रेको थिएन ।’ प्रेम सम्बन्ध हुँदा पनि आफूहरूबिच खटपट हुने गरेको भए पनि पछि त्यो ठिक हुन्छ भन्ने ठानेर आफूले विवाह गरेको उनको भनाई छ । तर, समय बित्दै जाँदा आफूले सहन नसेको उनको जिकिर छ ।
‘हाम्रो प्रेम विवाह हो । प्रेम सम्बन्ध हुँदा पनि हाम्रो धेरै खटपट हुन्थ्यो । मैले सहन्छु चुप लाग्छु एक दिन ठिक हुन्छ भन्ने सोचे । उहाँले पनि यतिको सहने केटीसँग मेरो जिन्दगी चल्छ भनेर बिहे गर्नुभयो,’ चौहानले भनेकी छन्, ‘समय बित्दै जाँदा मैले सहन सकिनँ । उहाँले भनेजस्तो मैले सबै पूरा गर्न सकिनँ ।’
उनले यस प्रकरणमा आफ्नो पतिलाई गाली नगर्न पनि आग्रह गरेकी छन् । उनले भनेकी छन्, ‘आफूले माया गरेको मान्छेलाई कसैले गाली गर्दा आफूले गाली खाएभन्दा बढी पीडा हुँदो रहेछ । मलाई साथ दिनुहोस् तर उहाँलाई नराम्रो नभन्नु होला । बरु मलाई गर्नुहोला । खरानी भएको मान्छेलाई आगोसँग डर हुँदैन ।’















विश्वकपमा इरानको समर्थन गर्दा केइसुके होन्डाले अमेरिकी विज्ञापन सम्झौता गुमाए
आयल निगमद्वारा पेट्रोलियम पदार्थको व्यापक मूल्य वृद्धी
वार्ताका लागि इरानले प्रस्ताव गरिरहेकाे ट्रम्पकाे दावी झुटाे : इरान
अष्ट्रेलियामा शरण मागेकी इरानी महिला फुटबल टोलीकी कप्तानले निवेदन फिर्ता लिइन्
यी हुन् कांग्रेसले समानुपातिकमा सिफारिस गरेका २० जना
मौसममा पश्चिमी प्रणालीको प्रभाव: केही स्थानमा वर्षा र हिमपातको सम्भावना
इरानी राष्ट्रपति पेजेश्कियान जनतासँगै सडकमा उत्रिए
प्रचण्ड र रविबीच कुराकानी
सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट, आज कतिमा काराेबार हुँदैछ ?
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
प्रतिक्रिया