‘राज्यबाट अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने सम्भावना छैन : महासचिव ज्ञवाली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का कार्यवाहक महासचिव प्रदीपकुमार ज्ञवालीले राज्यबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने कुनै सम्भावना नरहेको बताएका छन् ।
नागार्जुन वांमय प्रतिष्ठानद्वारा आज आयोजित ‘काव्य गोष्ठी’मा उनले निरङ्कुश राजतन्त्र भएका बखत प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको स्मरण गर्दै अब त्यस्तो अवस्था आउने कुनै सम्भावना नरहेको बताए । अभिव्यक्ति स्वतन्त्रताको सवालमा नेपालले दक्षिण एसियामै अग्रगामी संवैधानिक व्यवस्था गरेको भन्दै यसलाई समृद्धि र रूपान्तरणका लागि उपयोग गर्न सक्नुपर्नेमा जोड दिए ।
साहित्यकारसमेत रहेका पूर्वपरराष्ट्रमन्त्री ज्ञवालीले वर्तमानका कवितामा सामाजिक मूल्य र न्यायको खोजी, लैंगिक समताजस्ता विषय अधिक आउने गरेको र स्रष्टाहरूले कालो बादलमा चाँदीको घेरा हुन्छ भन्ने आशा सम्प्रेषण गर्न सक्नुपर्ने धारणा राखे । उनले द्वन्द्वपीडितको आवाज प्रस्तुत गरिएको ‘विना अनुहारको रात’ शीर्षकको कविता वाचन गरेका थिए ।
कार्यक्रममा साहित्यिक र राजनीतिक क्षेत्रबाट ज्ञवालीले गरेको योगदानको उच्च मूल्यांकन गर्दै उनलाई प्रतिष्ठानका तर्फबाट सम्मान गरिएको थियो । यसैगरी, साहित्य सन्ध्याका अध्यक्ष राम विनयलाई समेत सम्मान गरिएको थियो । प्रतिष्ठानको हरेक महिनाको तेस्रो शनिबार हुने यस काव्य गोष्ठीमा यस पटक कवि विनयका आधा दर्जन कविताको एकल प्रस्तुति गरिएको थियो ।
उनले ‘म आएको छु’, ‘हीरा थारू’, ‘जराको स्वर’, ‘झुर्मे दर्जी’, ‘हाम्रो यात्रा’, ‘जुम्ला’ कविता वाचन गरे । वाचिक कवितामा समीक्षा गर्दै डा. हरिप्रसाद सिलवालले बुढ्यौली उमेरमा पनि सृजना र कर्ममा कवि विनयसँग क्रान्तिकारीपन पाइने बताए ।
कार्यक्रममा साहित्यकार नमूना शर्मा, गोपालकुमार मैनाली, नन्दु उप्रेती, भारद्वाज मित्र, अनिता लामा, दिल पौडेल, युवराज नास्तिक, अनुराधा थापा, लक्ष्मणदेव पाण्डे, लोकेन्द्र रावल, तारानिधि पोखरेल, देवी पराजुली, गंगा खतिवडा, शिवहरि पाण्डे, बलराम विष्ट, माधव घिमिरे ‘अटल’, कुञ्जराज थापा, जगत वाशिष्ट, गंगा भेटवाल, इन्दिरा निरौला, जयराम बिँडारी, रुवी सत्याल, नवीन पल्लभ, चन्द्रकला चौलागाईं, भावकेशर बराल, सुदीप पाण्डे, यशोदा गिरी, विमला ढकाल ‘समीक्षा’, दीनविनोद खड्का, मिसन अधिकारीलगायतले कविता वाचन गरे । उनीहरूका कवितामाथि समीक्षक डा. विनोद मञ्जनले समीक्षा गरेका थिए ।

















महाशिवरात्रिः यस्ताे छ पशुपति क्षेत्रको ट्राफिक व्यवस्थापन योजना
प्रचण्डको उद्घोष- ‘ बङ्गलादेशमा आगो लगाउनेहरु हारे नेपालमा पनि हार्नेछन्,
कांग्रेसले फागुन ६ गते जनकपुरधामबाट चुनावी अभियान सुरु गर्ने
युक्रेनमा रुसले आक्रमण बढायाे
महाशिवरात्रिः गरगहना लगाएर मन्दिर नजान प्रहरीको अनुरोध
प्यूठानमा घण्टी बजाउँदै सुशान्त वैदिक जनताको घरदैलोमा
4 die, 5 injured in firing incidents in Karachi
आज २९ गते बिहीबार, कस्को रहला तपाइकाे राशिफल ?
हिमाली र पहाडी जिल्लामा पनि फागुन २१ मै निर्वाचन : प्रधानमन्त्री कार्की
इटालीलाई नेपालले दियाे १२४ रनकाे लक्ष्य
प्रतिक्रिया