फुटबल क्लब र गोल्डकप विजेता क्लबलाई ललितपुर महानगरको आर्थिक सहयोग

लितपुर। ललितपुर महानगरपालिकाले ‘ए’, ‘बी’ र ‘सी’ डिभिजन फुटबल क्लब र गोल्डकप विजेता क्लबहरूलाई आर्थिक सहयोगसहित सम्मान गरेको छ ।
महानगरले आफ्नो वार्षिक कार्ययोजनाअनुसार आज यहाँ एक कार्यक्रम आयोजना गरी डिभिजनका फुटबल क्लब र गोल्डकप विजेता क्लबहरूलाई क्षमता अभिवृद्धिका लागि आर्थिक सहयोग उपलब्ध गराएको हो ।
महानगर प्रमुख चिरीबाबु महर्जन र उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले क्लबहरूलाई सम्मानपत्रसहित चेक हस्तान्तरण गरेका छन् । महानगरले गोल्डकप विजेता क्लब चर्च ब्वाइज युनाइटेड फुटबल क्लबलाई रु २० लाख प्रदान गरेको छ । यस क्लबले अर्ना छैटौँ झापा गोल्डकप २०८०, १४औँ इटहरी गोल्डकप २०८०, सातौँ अन्तरराष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप २०८१, प्रथम झापा क्लब २०८१ र एघारौँ फाल्नुनन्द गोल्डकपमा जित हासिल गरेको थियो ।
यसैगरी, बिग्रेड ब्वाइज क्लबलाई रु आठ लाख हस्तान्तरण गरियो । यस क्लबले छैटौँ बेलबारी अन्तरराष्ट्रिय आमन्त्रण गोल्डकप र अन्तरराष्ट्रिय आमन्त्रण प्रथम इन्ट्रा पथरी शनिश्चरे गोल्डकप खुल्ला ‘नकआउट’ फुटबल प्रतियोगितामा गोल्डकप हासिल गरेको थियो ।
सम्मानित हुनेमा ‘ए’ डिभिजन क्लबअन्तर्गत थ्री स्टार क्लब, जावलाखेल युथ क्लब, फ्रेन्डस क्लब, सातदोबाटो युवा क्लब र चर्च ब्वाइज युनाइटेड रहेका छन् । ‘बी’ डिभिजन क्लबअन्तर्गत च्यासल युवा क्लब, ब्रिगेड ब्वाइज क्लब र खुमलटार युवा क्लब रहेका छन् । ‘डी’ डिभिजन क्लबअन्तर्गत खालीबारी फुटबल क्लब, झम्सिखेल युथ क्लब, पुल्चोक स्पोर्टस क्लब र सानेपा क्लब रहेका छन् ।
महानगरले ‘ए’ डिभिजन क्लबअन्तर्गत रहेका पाँचवटा क्लबहरूलाई रु पाँच÷पाँच लाख, ‘बी’ डिभिजन क्लबअन्तर्गत रहेका तीनवटा क्लबलाई जनही रु तीन लाख र ‘सी’ डिभिजन क्लबअन्तर्गत रहेका चारवटा क्लबलाई रु दुई÷दुई लाखका दरले सहयोग गरेको छ ।
महानगरप्रमुख महर्जनले खेलाडी र क्लबलाई प्रोत्साहन गर्न सहयोग गरेको बताए । “राष्ट्रका लागि खेल्ने व्यक्तिलाई सम्मान र प्रोत्साहनका गरेका हौँ,” उनले भने ।
उपप्रमुख बज्राचार्यले आर्थिक अभावका कारण क्लबहरूलाई खेलक्षेत्रमा उल्लेख्य प्रगति गर्न समस्या भएको बताए । त्यसैले खेल र खेलाडीको सम्मान गर्दै खेलाडीलाई महानगरले यो सम्मान गरेको उनको भनाइ थियो ।

















नेपालमा हुन लागेकाे साफ महिला च्याम्पियनसिपको उद्घाटनमा आज बङ्गलादेश र भुटान भिड्दै
पूजा महतोको कप्तानीमा नेपालले एसिया कप खेल्ने
33 days to HoR elections: EC active for code of conduct enforcement; 21 explanations sought
बुढासुब्बा गोल्डकप : धरानको पहिचान, युवा प्रतिभाका लागि सुनौलो अवसर
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
इन्डोनेसियामा पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या ३४ पुग्यो, दर्जनौं अझै बेपत्ता
भदौ २३ को दिन मैले गोली चलाउने कुनै पनि आदेश दिएको छैन : केपी ओली
भ्रामक समाचार नलेख्न राष्ट्रिय प्रकृति संरक्षण कोषको आग्रह
पहाड र सहर बुझेँ, यसपटक मधेस बुझ्न सर्लाही आएँ : गगन थापा
पूर्वमन्त्री यादवसहित ८ नेता जसपा नेपालबाट निष्कासित
प्रतिक्रिया