सोमबार, चैत २, २०८२

रवि लामिछानेसहित १४ जनाविरुद्ध चितवनमा मुद्दा दर्ता हुँदै

मेरोन्यूज २०८१ माघ २१ गते १४:३२

चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहित १४ जनाविरुद्ध साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था ठगीमा चितवन जिल्ला अदालतमा आज मुद्दा दर्ता हुँदैछ ।

Advertisement
nepal life insurencenepal life insurence

सरकारी वकिल कार्यालयले लामिछानेसहित १४ जना र ६ वटा संस्थाविरुद्ध सहकारीको रकम हिनामिना गरेर ठगी गरेको अभियोगसहित मुद्दा दर्ता गर्ने तयारी गरेको हो ।

प्रहरीले पठाएको अनुसन्धान प्रतिवदेन र तिनका प्रमाणहरुको आधारलाई लिएर सरकारी वकिल कार्यालयले आज उनीहरुविरुद्ध मुद्दा दर्ता गर्न लागेको हो ।

अनुसन्धानमा सहकारीको ३८ करोड ९ लाख ७९ हजार रूपैयाँ हिनामिना भएको पाइएकाे प्रहरीकाे भनाइ छ। सहकारीबाट विभिन्न कम्पनीमा गएको रकमसमेत गर्दा ५६ करोड २२ लाख ५० हजार हाराहारीमा रकम बिगो कायम हुनुपर्ने प्रहरीको राय छ।

यसअघि रवि सूर्यदर्शन सहकारीमा कास्कीबाट ६५ लाख, स्वर्णलक्ष्मी सहकारीमा काठमाडौंबाट ६० लाख र सुप्रिम सहकारी प्रकरणमा रुपन्देही अदालतबाट १ करोड धरौटीमा छुटेका छन् ।

प्रतिक्रिया