सेयर बजारमा १४.०८ अंकको गिरावट, ८ अर्ब ९१ करोडको कारोबार

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १४.०८ अङ्कले घटेर दुई हजार ७१५ दशमलव ९१ मा झरेको छ । आजको कारोबारमा विभिन्न ३१५ कम्पनीका एक करोड ६९ लाख १७ हजार ८३५ कित्ता सेयर ९० हजार २०२ पटक खरिदबिक्री हुँदा रु आठ अर्ब ९१ करोड ९६ लाख ९७ हजार ७७५ मा कारोबार भएका छन् ।
आज जलविद्युत् र अन्य उपसमूहबाहेक अन्य उपसमूह घटेको छ । आज जोशी हाइड्रोपावर डेभलपमेन्ट बैंकको नौ दशमलव ९८ प्रतिशत, मध्यभोटेकोशी जलविद्युत् कम्पनी लिमिटेडको आठ दशमलव २५ प्रतिशत, न्यादी हाइड्रोपावर लिमिटेडको आठ दशमलव १९ प्रतिशत, उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको आठ दशमलव १२ प्रतिशत र कालिका पावर कम्पनीको सेयर मूल्य आठ दशमलव ०५ प्रतिशतले बढेको छ ।
साथै आज कर्पोरेट डेभलपमेन्ट बैंक, ग्रीन डेभलपमेन्ट बैंक र सिन्धु विकास बैंकको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।
आजको कारोबारपछि बजार पुँजीकरण रु ४५ खर्ब छ अर्ब १० करोड ९२ लाख सात हजार ९६१ पुगेको छ ।















मनकामना दर्शन गरेर फर्किंदै गरेको माइक्रोबस दुर्घटना : छ भारतीयको मृत्यु
अष्ट्रेलियामा शरण मागेका इरानी महिला फुटबल टोलीका ७ मध्ये ४ खेलाडी इरान फर्किँदै
‘नेपालमा लगानी बढाउन सरकार, एनआरएनए र निजी क्षेत्रबीच सहकार्य आवश्यक’
दुबई र अबुधाबीमा रहेका बन्दरगाह क्षेत्रहरू खाली गर्न नागरिकलाई इरानकाे चेतावनी
जेनजी आन्दोलनका घाइतेको विवरण सार्वजनिक
बिहीबार कुन राशिका लागि शुभ ? हेर्नुहाेस् राशिफल
अमेरिकाले आफनाे बिजुली नेटवर्कलाई लक्षित गरे सबैतिर ‘अँध्यारो’ बनाइदिने इरानकाे चेतावनी
इनिशाको पोस्टमार्टम रिपोर्ट : बलात्कारपछि अत्यधिक रक्तस्राव हुँदा मृत्यु
इनिसा विक हत्या प्रकरण: थप अनुसन्धान सीआईबीले गर्ने
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
प्रतिक्रिया