ठगीमा संलग्न रहेको आरोपमा २ जना पक्राउ

काठमाडौं । नेपाल प्रहरीका विशिष्ट व्यक्तिको नाम र दर्जा दुरूपयोग गरी साइबर ब्यूरोको फेक ईमेल बनाई ठगी गरेको अभियोगमा दुई जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सुनसरी देवानगंज गाउँपालिका-७ घर भएका २० वर्षीय मनिष कुमार मेहता र सोही गाउँपालिका-१ घर भएका २१ वर्षीय ईन्द्रजित यादव रहेका छन्।
नेपाल प्रहरीका विशिष्ट व्यक्तिहरूको नाम, दर्जा तथा कार्यालयको लोगो दुरूपयोग गरी साइबर ब्यूरोको फेक ईमेल समेत बनाई सोही ईमेल मार्फत पीडितलाई डर त्रासमा पारी रकम माग गरी ठगी गरेको भन्ने पीडितको उजुरीको आधारमा साइबर ब्यूरोबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई जिल्ला प्रहरी कार्यालय सुनसरीको सहयोगमा पक्राउ गरेको हो।
उनीहरू उपर विद्युतीय माध्यम सम्बद्ध ठगी अन्तर्गतको कसुरमा काठमाडौं जिल्ला अदालतबाट ७ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।








एमाले केन्द्रीय कमिटीको पहिलो बैठक सुरु
राष्ट्रपति पौडेलद्वारा किन्डर ओलम्पिक मस्कर्टको अनावरण
नेपाली कांग्रेस अर्घाखाँचीले प्रत्यक्षतर्फ आठ जनाको नाम सिफरिस
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
आज २०८२ साल पुस ४ गते शुक्रबारको राशिफल
इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या
प्रतिक्रिया