व्यवस्था र अवस्था बदल्न धक्का दिनुपर्ने समय आयो : कमल थापा

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले अहिलेको व्यवस्था र अवस्था बदल्न आन्दोलन मार्फत धक्का दिनुपर्ने समय आएको बताएका छन् ।
पार्टीको पुर्बान्चल, तराई-मधेस र मध्यमान्चल क्षेत्रका पदाधिकारी ,केन्द्रीय सदस्य र जिल्ला अध्यक्षहरुसङ्गको भर्चुअल बैठकमा बोल्दै थापाले अहिलेको मार्गचित्रबाट मुलुक समस्याको थप दलदलमा भासिने समेत चिन्ता ब्यक्त गरे ।
“अब मार्गचित्र नबदले मुलुक बच्न र बन्न गाह्रो भो,`थापाले थपे ।
गणतन्त्र ,धर्म निरपेक्षता र संघीयताको अनावश्यक भारी बोकेर देश नबन्ने दाबी गर्दै थापाले अब यो बाटो परिवर्तन गर्न जनता जाग्नु पर्ने बेला आएको बताए
थापाले एजेन्डा स्थापित गर्ने समय अनुकुल भएको र आन्दोलन मार्फत धक्का दिनुपर्नेमा जोड दिए । “एजेन्डा मिल्नेहरु एक ठाउँमा बसेर अघि बढ्नुपर्छ, त्यो समयको आबश्यकता हो, माग हो। संकिर्णता, द्वैध चरित्र र अहड्ढारले केही समस्या ल्यायो भने पनि मिल्न सक्नेहरु बीच चाहिँ अब एकता प्रक्रिया सुरु गर्नुपर्छ” थापाले भने ।
उनको भनाई थियो- हिन्दुबादी ,राजाबादी , देशभक्त र प्रजातन्त्रबादी अब ध्रुबिकरण हुनुपर्छ । समान बिचार बोक्ने विभिन्न संघ, सस्था , अभियान,पार्टीसङ्ग सरसल्लाह गर्दै निर्णायक आन्दोलनको तयारीमा लाग्छौ। तोकिएको मितिमा महाधिवेशन गर्न स्थानिय तहको अधिबेशन गर्न र संगठन सुदृढीकरणमा बिशेष ध्यान दिन समेत थापाले आग्रह गरे ।









नाइजेरियाको विद्यालयमा बन्दुकधारीद्वारा आक्रमण, ३१५ जना अपहरित
दुई थान पेस्तोलसहित एकजना पक्राउ
दुहबीको जुट मिलमा आगलागी
पार्टी एकताका विषयमा छलफल गर्न नेसपा बैठक सुरु
एनपिएलः विराटनगर किंग्सकाे लगातार दोस्रो जित
आज २०८२ साल मंसिर ४ गते बिहीबारको राशिफल
प्रधानमन्त्री कार्कीको नियुक्ति असंम्वैधानिक भन्दै एमाले अध्यक्ष ओलीले सर्वोच्चमा पठाए यस्तो जवाफ
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
कस्ताे रहला आज देशभरको मौसम ?
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
प्रतिक्रिया