सामाजिक सञ्जालमा प्रतिबन्ध होइन, अराजकता रोक्न खोजिएको हो : योगेश भट्टराई

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले सामाजिक सञ्जाललाई प्रतिबन्ध लगाउने नभई नियमन गर्न खोजिएको बताएका छन् ।
बुधबार अनलाइन टिभी पत्रकार संघले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा भट्टराईले सामाजिक सञ्जाल चलाउनेहरू स्वनियमनमा बस्नु पर्ने बताएका हुन् ।
अन्यथा सरकारले नियन्त्रण गर्नुपर्ने उनको को धारणा छ । ‘दण्ड सजायको उद्देश्य होइन, स्वनियमनको उद्देश्य हो, कानुनमा दण्ड सजायको पनि व्यवस्था हुन्छ, दण्ड सजाय बढी भएको रहेछ भने त्यसलाई घटाउन पनि मिल्छ’, भट्टराईले भने ।
कतिपय मुलुकमा तोकिएका उमेर समूहका बाहकका व्यक्तिले सामाजिक सञ्जाल चलाउन नमिल्ने व्यवस्था रहेको उनले सुनाए ।
ती मुलुकहरूमा दण्ड सजाय पनि निक्कै चर्को भएको भट्टराईले बताउँदै सामाजिक सञ्जालमा कसैको मानहानी गरेर कसैले क्षति पुर्याए त्यसको क्षतिपूर्ति पाउनु पर्ने उनको भनाइ छ ।
‘सामाजिक सञ्जाल प्रयोग गर्नेले राष्ट्र, राष्ट्रियता, अखण्डता, सामाजिक एकता भड्काउन नमिल्ने उनलेले स्पष्ट पारे ।
सामाजिक सञ्जालको प्रयोग गरेर राम्रो काम गर्नुस्, रचनात्मक काम गर्नुस्, एकताको पक्षमा काम गर्नुस्’, उनले भने ।
सामाजिक सञ्जालबाट संविधानले व्यवस्था गरेको भन्दा विपरीतका सन्देश जानु नहुनेमा उहाँले जोड दिए ।
समाजलाई भड्काउने र राष्ट्रियतालाई धरापमा पर्ने अधिकार कसैलाई नभएको भट्टराईले जोड दिएका छन् ।
सामाजिक सञ्जाल व्यवस्थापन गर्ने विधेयका आवश्यकता भएरै ल्याइएको उनले स्पष्ट पार्दै भने, ‘त्यो आवश्यकता थियो, ल्याउनु पर्ने थियो, ल्याइयो, अब सबै मिलेर यसलाई समृद्ध बनाउने काममा लागौँ’, उनले भने

















प्रचण्डको उद्घोष- ‘ बङ्गलादेशमा आगो लगाउनेहरु हारे नेपालमा पनि हार्नेछन्,
कांग्रेसले फागुन ६ गते जनकपुरधामबाट चुनावी अभियान सुरु गर्ने
युक्रेनमा रुसले आक्रमण बढायाे
महाशिवरात्रिः गरगहना लगाएर मन्दिर नजान प्रहरीको अनुरोध
चुनावको मुखमा एमालेका दुई पूर्व सांसदसहितका नेताले छाडे पार्टी
प्यूठानमा घण्टी बजाउँदै सुशान्त वैदिक जनताको घरदैलोमा
4 die, 5 injured in firing incidents in Karachi
आज २९ गते बिहीबार, कस्को रहला तपाइकाे राशिफल ?
आणविक वार्ताको प्रगतिमा बाधक पश्चिमा भएको इरानको दावी
हिमाली र पहाडी जिल्लामा पनि फागुन २१ मै निर्वाचन : प्रधानमन्त्री कार्की
प्रतिक्रिया