मंगलबार, वैशाख ९, २०८२

कांग्रेस संसदीय दलको बैठक जारी

मेरोन्यूज २०८१ माघ २४ गते १२:१८

काठमाडौं । सत्तासाझेदार दल नेपाली कांग्रेस संसदीय दलको बैठक जारी छ । बिहीबार (माघ २४) बिहान नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा बैठक बसेको हो ।

बैठकमा सरकारले ल्याएका अध्यादेशबारे कसरी प्रस्तुत हुने लगायतका समसामयिक, राजनीतिक विषयहरुमा छलफल भइरहेको छ ।

यस्तै पार्टी पदाधिकारी र कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरूले बैठकमा सांसदहरूले राखेका जिज्ञासाको जवाफ दिइरहेका छन् ।

प्रतिक्रिया