सबै अस्पताललाई ओपिडी सेवा स्थगन गर्न स्वास्थ्य मन्त्रालयकाे निर्देशन

काठमाडाैं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै अस्पताललाई बहिरङ्ग (ओपिडी) सेवा बन्द गर्न निर्देशन दिएको छ । मन्त्रालयले आज सबै अस्पताललाई पत्र लेख्दै कोभिड–१९ को दोस्रो लहर बढेकाले उपचारको व्यवस्थापन गर्नका लागि हाललाई बहिरङ्ग र इलेक्टिभ सर्जरी सेवालाई स्थगित गर्न निर्देशन दिएको हो ।
मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले ती सेवा बन्द गरे पनि आकस्मिक सेवा भने सुचारु राख्न भनिएको जानकारी दिए । आज एकै दिन चार हजार ५२४ जना कोरोना सङ्क्रमित भएको र १८ जनाको निधन भएको छ । उनले कुनै पनि चिकित्सक तथा स्वास्थ्यकर्मीलाई लामो समय बिदा नदिन र यसअघि लामो बिदामा बसेका कर्मचारीलाई तुरुन्त कार्यालयमा हाजिर हुन पत्राचार गर्नसमेत निर्देशन दिएको बताए ।
मन्त्रालयले कार्यरत जनशक्तिमध्ये ५० प्रतिशत जनशक्तिको आलोपालो निर्धारण गरी सेवा व्यवस्थापन गर्न भनिएको छ । यस्तै मन्त्रालयले अस्पतालको स्वीकृत दरबन्दीअनुसार कुनै पद रिक्त भएमा तत्काल जनशक्ति व्यवस्थापन गर्ने र रिक्त दरबन्दी भए छ महिना करारमा लिनसमेत भनिएको छ ।
मन्त्रालयले सघन उपचार कक्ष (आइसियु) तथा आकस्मिक उपचारसम्बन्धी औजार र अक्सिजनको व्यवस्थापन गर्नसमेत सबै अस्पताललाई निर्देशन दिएको छ ।










क्रिकेटप्रेमीको सपनाः एनपिएलको नयाँ अध्याय
ईपीएस भाषा परीक्षा आजदेखि
काष्ठकलामा सिपालु भीमबहादुर
आज बस्ने भनिएको कांग्रेस बैठक ४ गतेलाई सारियो
प्रतिनिधिसभा निर्वाचन : तनहुँमा दुई मतदान केन्द्र थप गर्न सिफारिस
आज कात्तिक कात्तिक २९ गते शनिबार, कस्ताे रहला तपाइकाे राशिफल ?
सन्तोष परियारले छाडे रास्वपा
नेपाली कम्युनिस्ट पार्टीले पायो दल दर्ताको प्रमाणपत्र
सन्तोष परियारले किन त्यागे रास्वपा ? यस्ताे छ उनकाे राजीनामा पत्र
भण्डारीले गरे नेपाली समाज टेक्सासको अध्यक्षमा उमेदवारी घोषणा
प्रतिक्रिया