बिहीबार, चैत १९, २०८२

बंगलादेशी अभिनेत्री मेहर अफरोज शान पक्राउ

मेरोन्यूज २०८१ माघ २५ गते १३:१०

ढाका । बंगलादेशी अभिनेत्री मेहर अफरोज शान पक्राउ परेकी छन्। 

Advertisement
nepal life insurencenepal life insurence

ढाका ट्रिब्यूनका अनुसार उनलाई ‘राज्यविरुद्ध षड्यन्त्र’ अर्थात् देशद्रोहको आरोप लगाइएको छ। उनलाई ढाका महानगरीय प्रहरी परिसरको गुप्तचर शाखाले सोधपुछका लागि नियन्त्रणमा लिएको हो ।

प्रहरी अतिरिक्त आयुक्त (डीबी) रेजाउल करीम मलिकले  भने, ‘उनीलाई बिहीबार राति धानमण्डीबाट पक्राउ गरिएको थियो। उनलाई देशद्रोहको षड्यन्त्रमा संलग्न भएको आरोप लगाइएको छ। आरोपको सम्बन्धमा सोधपुछका लागि हिरासतमा राखिएको छ।’

मेहर अफरोज जमालपुर जिल्लाका अवामी लिगका पूर्व सल्लाहकार परिषद सदस्य मोहम्मद अली र १९९६ मा अवामी लिगका सांसद तहुरा अलीकी छोरी हुन्। मोहम्मद अलीले गत निर्वाचनमा जमालपुर–५ (सदर) सिटबाट टिकट मागेका थिए ।

अभिनेत्री शानलाई जमालपुर सदर उपजिल्लाको नरुन्दी रेलवे स्टेशन क्षेत्रमा उनको बुबाको घरबाट पक्राउ गरिएको थियो। उनलाई साँझ ६ः३० बजे पक्राउ गरिएको हो । उनी पक्राउ परेको केही समयअघि जमालपुरमा उनको परिवारमाथि आक्रमण भएको थियो र उनको घर पनि जलाइएको थियो ।

बंगलादेशमा मोहम्मद युनुसको सरकार सत्तामा आएदेखि नै विपक्षीलाई पक्राउ गरिँदै आएको छ । बंगलादेशमा मेहर फिल्मी जगतका ती अभिनेत्री हुन्, जसले खुलेर आफ्नो बयान दिन्छिन्। यही नै उनको गिरफ्तारीको कारण बनेको स्थानियले बताएका छन । 

समाचार अनुसार मोहम्मद युनुसको नेतृत्वमा रहेको बंगलादेशको अन्तरिम सरकारको आलोचना गरेको कारण उनीमाथि देशद्रोहको आरोप लगाइएको छ ।

प्रतिक्रिया