साउदीको जनसंख्या ४.७ प्रतिशतले बृद्दी, कुल जनसंख्याको ४४.४ प्रतिशत बिदेशी

रियाद । विश्वका धेरै देशहरू अहिले घट्दो जनसंख्याको सामना गरिरहेका छन्।
चीन, जापान र दक्षिण कोरियाको जन्मदर घट्दै गएको छ, जनसंख्या बढाउनका लागि उनीहरूले करोडौं धनराशी खर्च पनि गरिरहेका छन तर सोचे अनुसार उपलब्धी छैन, जनसंख्याको हालत ऋणात्मक रहेको छ । साथै, हालैको एक प्रतिवेदनले त घट्दो जनसंख्याका कारण दक्षिण कोरिया हराउन सक्ने विश्वको पहिलो देश बन्न सक्ने दाबी समेत गरेको छ ।
एकातिर विश्वमा जनसंख्याको कमीले खतराको घण्टी बजिरहेको बेला मुस्लिम राष्ट्र साउदी अरबमा जनसंख्या मात्रै बढेको छैन । वास्तवमा, साउदी अरबको जन्मदर विश्वको सबैभन्दा ठूलो जनसंख्या भएको देश भारतको भन्दा बढी हुन पुगेको छ ।
साउदीको तथ्याङ्क प्राधिकरणले सार्बजनिक गरेको नयाँ तथ्याङ्क अनुसार साउदी अरबको जनसंख्या २०२५ को मध्य सम्म ३५.३ मिलियन पुग्ने जनाइएको छ। उता, साउदी अरबका नागरिकहरू जनसंख्याको ५५.६ प्रतिशत छन् भने साउदी अरबमा विदेशीहरूको ठूलो जनसंख्या छ, जो व्यापार, अध्ययन र जागिरको उद्देश्यले सो देशमा बसिरहेका छन । प्रतिवेदनका अनुसार साउदीको ४४.४ प्रतिशत जनसङ्ख्या गैर–साउदी नागरिकको छ ।
प्रतिवेदन अनुसार सन् २०२३ को मध्यको तुलनामा सन् २०२४ को मध्यसम्म जनसंख्यामा ४.७ प्रतिशतको वृद्धिदर रेकर्ड गरिएको छ । योसँगै सन् २०२४ मा १६ लाख मानिसले वृद्धि भएको छ । यद्यपि मे २०२२ मा वार्षिक वृद्धि ४.६ प्रतिशतमा रेकर्ड गरिएको थियो।
यदि हामीले साउदीको जनसंख्यालाई उमेरको हिसाबले हेर्दा नवजातदेखि १४ वर्षसम्मका बालबालिकाहरू देशको जनसंख्याको ३३.५ प्रतिशत छ तर गैर साउदीको यो संख्या ८.६ प्रतिशत हो । साउदी नागरिकहरूको लागि १५ देखि ६४ वर्षको जनसंख्या ६२.७ प्रतिशत छ भने गैर–साउदी जनसंख्या १५ देखि ६४ वर्ष उमेर समूहमा ८९.९ प्रतिशत छ। जुन साउदी अरबका जनताको भन्दा धेरै हो ।













कञ्चनपुरमा सवारी दुर्घटना न्यूनीकरणका लागि ‘ब्ल्याक स्पोट’ बोर्ड
शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा
PM extends greetings of Tamu Lhosar, Maipru Naku
शंकर पोखरेलको प्रश्न : गैरदलीय सरकारका मन्त्री पार्टी उपसभापति बन्नु कति उचित हो ?
देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
समानुपातिक उम्मेदवार टुंगो लगाउन एमालेले बोलायो सचिवालय बैठक
प्रधानमन्त्री कार्कीसँग पूर्वप्रधानमन्त्रीहरु देउवा, ओली र प्रचण्डकाे बैठक जारी
उज्यालो नेपालको निर्णय- विलय हुनेगरी कतै नजाने
कांग्रेस निर्णय- समानुपातिक उम्मेदवार चयन मापदण्ड तयार, अनुशासनको कारबाहीमा परेकालाई माफी
प्रतिक्रिया