कृषिमा आधारित औद्योगिकीकरणको नीति अवलम्बन गरिनुपर्ने :अध्यक्ष दाहाल

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आत्मनिर्भर अर्थतन्त्रको विकासका लागि कृषि उत्पादन वृद्धिसँगै कृषिमा आधारित औद्योगिकीकरणको नीति अवलम्बन गरिनुपर्नेमा जोड दिएका छन्।
अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी केन्द्र)को केन्द्रीय समितिको आज यहाँ आयोजित तेस्रो पूर्ण बैठकमा उनले स्थानीय तहदेखि नै कृषि उत्पादनमा वृद्धि र औद्योगिकीकरणको बाटो समात्नुपर्ने बताए ।
“कृषि उत्पादनलाई मुख्य आधार बनाएर स्थानीय तहबाट समाजवादको यात्रा अघि बढाउनुपर्छ”, अध्यक्ष दाहालले भने, “स्थानीय उत्पादनको वृद्धि र प्रशोधन तथा साना उद्योगको स्थापनामार्फत रोजगारी बढाउनेतर्फ केन्द्रित हुनुपर्छ ।”
त्यसका लागि आफ्नो पार्टीबाट जितेका स्थानीय सरकारका प्रतिनिधिलाई भेला गरेर समाजवादको अभ्याससम्बन्धी प्रशिक्षणको व्यवस्था गरिएको उनले बताए ।
चालु आर्थिक वर्षको बजेट बनाउँदा आफूहरुले कृषिलाई आधार र सूचना प्रविधिलाई अर्थतन्त्रको मेरुदण्ड मानेर तदनुरुप कार्यक्रम बनाएको तर वर्तमान सरकारले सो बजेटलाई तोडमोड गरेको आरोप लगाए । बैठकमा महासङ्घका अध्यक्ष चित्रबहादुर श्रेष्ठले महासङ्घको वार्षिक प्रतिवेदन पेस गरेका थिए।















ज्योति विकास बैंकको १८औं वार्षिक साधारणसभा सम्पन्न
ग्लोबल आइएमई बैंकद्वारा ‘नन् रेसिडेन्ट र ओभरसिज बैंकिङ विभाग’ स्थापना
इनिसा विकको हत्यामा संलग्न दोषीलाई कडा कारबाही गर्न माग
चितवन, गोरखा र उदयपुरमा भारी वर्षा
वित्तीय कारोबार गर्दा कालोसूचीमा पर्ने प्रावधानका विषयमा अध्ययन गर्दै राष्ट्र बैंक
विप्लवले भने-चुनावलाई हामीले संघर्षको मोर्चामा प्रयोग गर्यौं
इरानका नयाँ सर्वोच्च नेता नियुक्त भएकाेमा पुटिनले मोज्तबालाई दिए बधाई
कांग्रेस सभापति गगन थापा राजीनामा दिने तयारीमा
गृहमन्त्री अर्याल काठमाडौँ प्रहरी परिसरमा !
वायु प्रदूषणबाट बच्न स्वास्थ्य मन्त्रालयको आग्रह
प्रतिक्रिया