सोमबार, चैत २, २०८२

समाजसेवा चेतना पुरस्कारबाट उपसभामुख राना मगर सम्मानित

मेरोन्यूज २०८१ माघ २६ गते २०:१५

मोरङ । चेतना संरक्षण प्रतिष्ठान विराटनगरले साहित्य, संस्कृति, कला, पत्रकारितालगायत विधामा विभिन्न व्यक्तिलाई पुरस्कार प्रदान गरेको छ ।

Advertisement
nepal life insurencenepal life insurence

प्रतिष्ठानको २०औँ वार्षिकोत्सवको उपलक्ष्यमा आज आयोजित कार्यक्रममा उपसभामुख इन्दिरा राना मगरलाई ओमप्रकाश गोयल समाजसेवा चेतना पुरस्कार प्रदान गरिएको हो । उनलाई रु. ५१ हजार राशिको उक्त पुरस्कार एवं सम्मान पत्र प्रतिष्ठानका अध्यक्ष गंगा सुवेली, पुरस्कार संस्थापक दीनबन्धु गोयल र प्राडा बाबुराम तिमिसिना प्रदान गरे ।

यसैगरी, धर्मानन्द रामप्यारी सिटौला रु. एक लाख ५१ राशिको साहित्य चेतना पुरस्कार यस वर्ष साहित्यकार चुडामणि बन्धुलाई प्रदान गरिएको छ । साथै बालकिसन/नर्वदादेवी मुन्दडा सनातन मानवीय धर्म संस्कृति चेतना पुरस्कार भानुभक्त जोशी (बझाङ) लाई प्रदान गरिएको छ ।

रु. ५१ हजार राशिको नरेश सुवेदी पत्रकारिता पुरस्कार पत्रकार कमल पौडेल (मोरङ) भूपेन्द्र शोभा रिजाल ललितकला चेतना पुरस्कार कलाकार सन्तोष पन्त (काठमाडौँ) डा. नरेन्द्ररयोगमाया  भवानीशंकर चापागाईँ युवा प्रतिभा चेतना पुरस्कार युवा प्रतिभा रामजी राम (रौतहट) केदारनाथ/मञ्जु सत्याल बाल प्रतिभा चेतना पुरस्कार बाल प्रतिभा आभाष ढकाल (स्याङ्जा) लाई प्रदान गरिएको प्रतिष्ठानले जनाएको छ । यसैगरी, रु. एक लाख एक हजार राशिको जगत्बन्धु/श्रीमती अञ्जु कार्की चेतना पुरस्कार सोमराज कट्टेललाई प्रदान गरिएको छ ।

सो अवसरमा उपसभामुख मगरले पुरस्कारको रकम झापाका युवाहरूलाई स्वरोजगार मूलक सीप विकाससम्बन्धी तालिम सञ्चालनका लागि प्रदान गर्ने बताइन् । उनले असहाय बालबालिकाको सेवा एवं संरक्षणले मुलुकमा परिवर्तन ल्याउनाका साथै समृद्धि कायम गर्न सकिने विचार राखिन् । प्रतिष्ठानका अध्यक्ष सुवेदी, प्राडा तिमिल्सिना, पुरस्कार संस्थापक गोयललगायतले यस प्रकारका पुरस्कार वितरणले समाजमा साहित्य तथा कला संस्कृति संरक्षण र प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए । 

प्रतिक्रिया