धनगढीमा विद्यालयबाट फर्किंदै गरेकी किशोरी बलात्कृत, आराेपी फरार
मेरोन्यूज
२०८१ माघ २७ गते ११:५३

कैलाली। धनगढीमा विद्यालयबाट फर्किंदै गरेकी किशोरी बलात्कृत भएकी छन् ।
स्थानीय विद्यालयमा कक्षा ७ मा अध्ययनरत किशोरीमाथि गत बिहीबार साँझ बलात्कार भएको हो ।
प्रहरीका अनुुसार स्कुलबाट घर फर्किने क्रममा किशोरीलाई सडकमा रोकेर १८ वर्षीय युवकले आफूसँग नहिँडे मारिदिने धम्की दिएका थिए । चक्कु देखाएर धम्क्याउँदै ती युवकले किशोरीलाई आफ्नो घर लगे । त्यसपछि किशोरीमाथि जबरजस्तीकरणी गरेर युवक फरार भएका छन् ।
पीडित किशोरीले शनिबार मात्र प्रहरीलाई घटनाबारे खबर गरेकी थिइन् ।
किशोरीलाई डर, त्रासमा पारेर घरमै लगेर बलात्कार गर्ने युवकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित









यी हुन् एमाले महाधिवेशनमा मतदान नगर्ने प्रतिनिधि
एमाले महाधिवेशनको मतदान सकियो: खस्यो २२२७ मत, ३६ अनुपस्थित
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
यस्ता छन् क्रिकेटको महाकुम्भ एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’
ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै
प्रतिक्रिया