धनगढीमा विद्यालयबाट फर्किंदै गरेकी किशोरी बलात्कृत, आराेपी फरार
मेरोन्यूज
२०८१ माघ २७ गते ११:५३

कैलाली। धनगढीमा विद्यालयबाट फर्किंदै गरेकी किशोरी बलात्कृत भएकी छन् ।
स्थानीय विद्यालयमा कक्षा ७ मा अध्ययनरत किशोरीमाथि गत बिहीबार साँझ बलात्कार भएको हो ।
प्रहरीका अनुुसार स्कुलबाट घर फर्किने क्रममा किशोरीलाई सडकमा रोकेर १८ वर्षीय युवकले आफूसँग नहिँडे मारिदिने धम्की दिएका थिए । चक्कु देखाएर धम्क्याउँदै ती युवकले किशोरीलाई आफ्नो घर लगे । त्यसपछि किशोरीमाथि जबरजस्तीकरणी गरेर युवक फरार भएका छन् ।
पीडित किशोरीले शनिबार मात्र प्रहरीलाई घटनाबारे खबर गरेकी थिइन् ।
किशोरीलाई डर, त्रासमा पारेर घरमै लगेर बलात्कार गर्ने युवकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित

















अमेरिकामा भीषण हिमपात :५ हजारभन्दा बढी उडान रद्द,६ लाख घरमा विद्युत अवरुद्ध
पश्चिम दाङका विकट स्थानका दुई अतिसंवेदनशील मतदानस्थलको अनुगमन
आईसीसी टी–२०विश्वकपः सुपर आठमा आज पाकिस्तान र इंग्ल्यान्ड भिड्दै
मौसम पूर्वानुमान: आज यी ६ प्रदेशमा वर्षाको सम्भावना
गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक
दाङमा एमालेको झण्डा जलाएको आरोपमा थप दुई जना पक्राउ
ट्राफिक प्रहरीद्वारा सात महिनामा ७६ लाखभन्दा बढी राजस्व सङ्कलन
सुनसरीमा कांग्रेस र रास्वपा कार्यकर्ताबीच झडप
सम्बोधनअघिको दबाबमा ट्रम्प
प्रतिक्रिया