गाजाबाट मुक्त भएका थाई बन्धक बैङ्कक आइपुगे

बैङ्कक। गाजामा एक वर्षभन्दा बढी समयदेखि बन्धक बनाइएका थाई कृषि मजदुरका परिवार आइतबार बैङ्कक आइपुगेका छन् ।
सन् २०२३ को अक्टोबर ७ मा प्यालेष्टिनी इस्लामिक सशस्त्र लडाकू (हमास) समूहले इजरायलमा गरेको आक्रमण बनाइएका वाचारा श्रीऔन, पोङसाक तन्ना, साथियान सुवान्नाखाम, सुरसाक लामनौ र बन्नावत सेथाओ आइतबार बिहान ७ः३० बजे बैङ्कक आइपुगेका हुन् ।
स्वदेश फर्किएसँगै आफ्ना प्रियजनलाई अँगालो हाल्दै उनीहरू भावविह्वलश बनेका थिए । उनीहरू परिवारसँगको पुनर्मिलनपछि खुशीमा रोएका देखिन्थे ।
गाजा युद्ध अन्त्य गर्ने उद्देश्यले भएको युद्धविराम सम्झौताअन्तर्गत जनवरी ३० मा रिहा भएपछि बैङ्ककको सुवर्णभूमि विमानस्थलको आगमन कक्षमा प्रवेश गर्दा पाँचै जना थाई नागरिक मुसुक्क हाँसेका थिए ।
बन्धकमध्ये एकका पिता सोम्बोन सेथाओले छोरोको रिहाइबाट आफू निकै खुसी भएको र आफ्नो परिवारले आफ्नो छोरा बन्नावतलाई थाइल्याण्डमा परम्परागत समारोहका साथ स्वागत गर्ने बताए ।
सोम्बोनले के छोरालाई फेरि विदेश पठाउनुहुन्छ भन्ने प्रश्नमा एएफपीसँग भने, “उनी अब फेरि घरबाट टाढा नजाउन भन्ने रहुन् भन्ने म चाहन्छु ।”
उनका अनुसार आफ्नो छोरा अपहरणहुनुभन्दा नौ महिनाअघि परिवारका लागि राम्रो आम्दानीको खोजीमा इजरायल गएका थिए ।
सन् २०२३ को अक्टोबर ७ मा हमासले इजरायलमाथि आक्रमण गर्दा ३१ जना थाई नागरिकको अपहरण गरिएको थियो, जसमध्ये २३ जनालाई सोही वर्षको अन्त्यसम्ममा रिहा गरिएको थियो भने मे महिनामा दुई जनाको मृत्यु भएको पुष्टि भएको थियो ।
एक जना थाई नागरिक अझै पनि गाजामा जीवित रहेको विश्वास गरिन्छ।
गत महिना दक्षिणी गाजाको खान युनिसमा बन्धक बनाइएका पाँच जनालाई सुपुर्दगी गर्दा इस्लामिक जिहाद र हमासका लडाकुहरूले सयौँ दर्शकलाई रोक्न सङ्घर्ष गरिरहेको अराजक दृश्यहरू देखा परेका थिए ।













लुटिएका हतियार र फरार कैदीलाई निर्वाचन अगावै नियन्त्रणमा ल्याइसक्छाैं : गृहमन्त्री अर्याल
Schools closed after cold wave
Gold and silver prices decline
टी-२० विश्वकपको ट्रफी पुस २१ मा नेपाल आइपुग्ने
मधेस सरकारले पायो पूर्णता, ६ मन्त्रीले लिए शपथ
एनएसजेएफ पल्सर स्पोट्र्स अवार्डको नयाँ मिति घोषणा, पावर्ड बाईमा यती एयरलाइन्स
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
कुलमानको उज्यालो नेपाल र प्रलोपाबीच एकता हुँदै
एमाले सचिवालय बैठकः समानुपातिकतर्फको बन्दसूची आयोगमा बुझाउने निर्णय
पुस १४ गते साेमवारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया