बुधबार, वैशाख २३, २०८३

बालक अपहरण गरी बन्धक बनाउने भियतनामी नागरिक कलंकीबाट पक्राउ

मेरोन्यूज २०८१ माघ २७ गते १७:२८

काठमाडौँ । बालकलाई अपहरण गरी बन्धक बनाएको आरोपमा नेपाल प्रहरीले काठमाडौँको कलंकीबाट एक जना विदेशी नागरिकलाई पक्राउ गरेको छ।

Advertisement
NiccNicc

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अपहरणको आरोपमा भियतनामको चाइवाङ सिटी ठेगान भई हाल काठमाडौँ–१४ कलंकी बस्दै आएका माई होङ्ग किङ्ह लौनलाई पक्राउ गरेको हो।

प्रहरीले उनको साथबाट मोबाइल, ल्यापटप, नक्कली भारतीय आधार कार्ड तथा वीरगन्ज जान किनिएको बसको टिकट बरामद गरेको जनाएको छ।

प्रहरीका अनुसार ललितपुर–१२ पाटन, मंगलबजारका ४ वर्षिय बालकलाई उनले अपरण गरी कलंकी पुर्‍याएर बन्धक बनाएका थिए।

कार्यालयबाट खटिएको टोलीले बालकलाई गेस्ट हाउसमा बन्धक बनाइ राखेको अवस्थामा सकुशल उद्धार गरी अपहरणमा संलग्न भियतनामी नागरिकलाई पक्राउ गरी थप अनुसन्धान थालेकाे छ ।

प्रतिक्रिया