समाजवादीको महाधिवेशनमा दोहोरो अङ्कमा आर्थिक वृद्धिदर हासिल गर्ने विषयमा बहस

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का संयोजक डा बाबुराम भट्टराईले कृषि क्षेत्रको उत्पादन वृद्धि, न्यायपूर्ण वितरण तथा हरित ऊर्जाको प्रयोगलाई जोड दिने गरी नीति तर्जुमा गर्नुपर्ने आवश्यकता औँल्याएका छन् । आइतबारदेखि सुरु भएको पार्टीको पहिलो महाधिवेशनको बन्द शत्रमा नेता तथा कार्यकर्ताले उठाएका प्रश्नको जवाफ दिँदै उहाँले कृषि क्षेत्रको आधुनिकीकरण गर्दै उत्पादन र उत्पादकत्व बढाउने तथा छोटो समयमै दोहोरो अङ्कमा आर्थिक वृद्धिदर हासिल गर्न सकिने विषयलाई राज्यले प्राथमिकतामा राख्नुपर्ने धारणा राखेका हुन ।
संयोजक डा भट्टराईले भने, “त्यसका लागि राज्यको कुल बजेटको ४० प्रतिशत विकासमा खर्च गरिनुपर्छ । अरुले घिस्रने कुरा गरेका छन्, हामीले उफ्रने र उड्ने लक्ष्य बनाउनुपर्छ । विकास र समृद्धि प्राप्त गर्न पहिले उत्पादन बढाऔँ, पुग्ने गरी बाडौँ । शिक्षा, स्वास्थ्य, रोजगारी राज्यबाटै सुनिश्चित गरौँ ।”
वैदेशिक लगानी भित्र्याउन विद्यमान कानुनी अड्चनमा सुधार गर्दै पुँजीपतिसँग सम्झौताका साथ ठूला पूर्वाधार निर्माण गर्न सकिने भन्दै उनले यसबाट रोजगारी र राजस्व प्राप्त हुने भएकाले प्रोत्साहनको नीति आवश्यक रहेको बताए ।
संयोजक डा भट्टराईले योग र ध्यानको माध्यमद्वारा समाजमा सद्भाव काम गर्दै भौतिकसँगै मानसिक र आध्यात्मिक खुसीका लागि काम गर्नुपर्नेमा जोड दिए । यसका लागि राजनीतिक स्थिरता र सुशासन चाहिने भएकाले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणाली अवलम्बन गरिनुपर्ने उनको भनाइ थियो ।
कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा जारी महाधिवेशनमा एक हजार पाँच समय प्रतिनिधिले भाग लिइरहेका छन् । महाधिवेशनले ११ जना पदाधिकारीसहित ९९ सदस्यीय केन्द्रीय समिति चयन गर्नेछ ।
प्रचार विभाग प्रमुख मानुषी यमीले दलभित्रको आन्तरिक लोकतन्त्रलाई बलियो तुल्याउँदै पार्टी सुदृढीकरण, असल राजनीतिक अभ्यास, संविधानको मर्मअनुरुप समावेशी चरित्रको सङ्गठन निर्माणलाई प्राथमिकता दिइने बताए ।
महाधिवेशनको बन्दसत्रमा संयोगकबाट प्रस्तुत राजनीतिक र साङ्गठनिक प्रस्तावमाथि समूहगत छलफल भएको छ । अब संयोजकबाट छलफलमा उठेका प्रश्नको सम्बोधन भएसँगै निर्वाचन आयोगलाई जिम्मेवारी हस्तान्तर गरिने जनाइएको छ ।
















अमेरिका–इरान युद्धविराम विस्तार, राष्ट्रसङ्घद्वारा स्वागत
सञ्चार क्षेत्रको बजेट कार्यान्वयन गर्न प्रदेश सरकारको ध्यानाकर्षण
फैसला कार्यान्वयनका लागि ५८० जना पक्राउ
गृहमन्त्रीकाे राजीनामाबारे प्रचण्ड – जे गर्नुभयो, राम्रो गर्नुभयो
Home Minister Gurung announces his resignation
ट्रम्पले भने – इरानसँग वार्ताका लागि अमेरिकी प्रतिनिधिमण्डल सोमबार पाकिस्तान जाँदैछ
कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सोमबार
इरानले मशाद विमानस्थलबाट पुनः अन्तर्राष्ट्रिय उडान सुरु गर्ने
राष्ट्रियसभा अध्यक्ष र अष्ट्रेलियाका सभामुखबीच भेट
भारतमा पटाका उद्योगमा आगलागी, २० जनाको मृत्यु
प्रतिक्रिया