बागमती प्रदेशमा १० मन्त्री थपिँदै
काठमाडौँ । बागमती प्रदेशमा मुख्यमन्त्री डोरमणि पौडेलले मन्त्रिपरिषद् विस्तार गरेका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार मुख्यमन्त्री पौडेलले ३ मन्त्री र ७ जना राज्यमन्त्री समेटेर मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।
विस्तारित मन्त्रिपरिषद्मा जिम्मेवारी पाउनेमा काभ्रेका चन्द्र लामा, मकवानपुरकी जुनेलीमाया श्रेष्ठ, सिन्धुपाल्चोकका सांसद् सरेश नेपाल, नेकपा एमाले बागमती प्रदेशमा प्रमुख सचेतक नुवाकोटका केशवराज पाण्डे र दोलखाकी सरस्वती बस्नेत रहेका छन् । यस्तै धादिङका डा. रामकुमार अधिकारी र सिन्धुलीका प्रदिप कटुवाल पनि मन्त्रिपरिषद्मा समेटिएको जनाइएको छ ।
मन्त्रिपरिषद्मा प्रधानमन्त्री ओली पक्षको एमालेका सांसदहरु मात्र रहेका छन् । नियुक्त भएका मन्त्री तथा राज्यमन्त्रीहरूले आजै पद तथा गोपनीयताको सपथ ग्रहण गर्ने कार्यक्रम रहेको जनाइएको छ ।
















निर्वाचनको ४८ घण्टा अगावै नेपाल-भारत सीमानाका बन्द गरिने
साफ महिला च्याम्पियनसिप उपाधिका लागि शनिबार पोखरामा बङ्गलादेश र भारत भिड्दै
‘लत’ लाग्ने सामग्री परिवर्तन गर्न टिकटकलाई इयूको निर्देशन
भारतविरुद्धको खेल बहिष्कारमा पुनर्विचार गर्न पाकिस्तानलाई श्रीलङ्काको आग्रह
कांग्रेसले देशलाई एकताबद्ध बनाउने गरेको छः उपसभापति शर्मा
मौसम पूर्वानुमान: आज यी तीन प्रदेशमा हिमपातसहित वर्षाको सम्भावना
सुनचाँदीको मूल्य फेरि बढ्यो, आजकाे मूल्य कति ?
सशस्त्र प्रहरीको प्रवक्तामा नायब महानिरीक्षक भट्ट
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
चन्द्रमाको मानव मिसन अघि बढाउँदै नासा : रकेट इन्धन परीक्षण सफल
प्रतिक्रिया