बागमती प्रदेशमा १० मन्त्री थपिँदै
काठमाडौँ । बागमती प्रदेशमा मुख्यमन्त्री डोरमणि पौडेलले मन्त्रिपरिषद् विस्तार गरेका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार मुख्यमन्त्री पौडेलले ३ मन्त्री र ७ जना राज्यमन्त्री समेटेर मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।
विस्तारित मन्त्रिपरिषद्मा जिम्मेवारी पाउनेमा काभ्रेका चन्द्र लामा, मकवानपुरकी जुनेलीमाया श्रेष्ठ, सिन्धुपाल्चोकका सांसद् सरेश नेपाल, नेकपा एमाले बागमती प्रदेशमा प्रमुख सचेतक नुवाकोटका केशवराज पाण्डे र दोलखाकी सरस्वती बस्नेत रहेका छन् । यस्तै धादिङका डा. रामकुमार अधिकारी र सिन्धुलीका प्रदिप कटुवाल पनि मन्त्रिपरिषद्मा समेटिएको जनाइएको छ ।
मन्त्रिपरिषद्मा प्रधानमन्त्री ओली पक्षको एमालेका सांसदहरु मात्र रहेका छन् । नियुक्त भएका मन्त्री तथा राज्यमन्त्रीहरूले आजै पद तथा गोपनीयताको सपथ ग्रहण गर्ने कार्यक्रम रहेको जनाइएको छ ।








रारा र फोक्सुन्डो ताल स्थलमार्गबाट जोडिँदै
बालबालिकामा कुपोषण दर उच्च
पूर्वपश्चिम राजमार्गको विकल्प बन्दै हुलाकी सडक
मधेस प्रदेशका सभामुखविरुद्ध अविश्वास प्रस्ताव दर्ता
आईजीपी कार्कीको निर्णय : कार्यालय सहयोगीदेखि वरिष्ठ सईसम्मलाई सहुलियत कर्जा बढाउने
रवि र छविको मुद्दामा मिसिल झिकाउने आदेश
आज २०८२ साल कात्तिक २८ गते शुक्रबारको राशिफल
सन्तोष परियारले किन त्यागे रास्वपा ? यस्ताे छ उनकाे राजीनामा पत्र
प्रतिक्रिया