गण्डकी प्रदेशका ३ सांसदमा कोरोना, अविश्वासको प्रस्तावमा मतदान गर्न पाउने

काठमाडौँ । गण्डकी प्रदेश सभाका ३ जना सांसद र एक जना कर्मचारीमा कोरोना संक्रमित देखिएको छ । कोरोना संक्रमित हुने सांसदहरुमा एमालेका राजिव पहारी र प्रभा कोइराला रहेका छन् भने कांग्रेसका मनकुमारी गुरुङ रहेकी छिन् ।
प्रदेशको विशेष अधिवेसनको दोस्रो दिन सत्तारुढ एमालेले सांसदको पिसिआर परिक्षण गर्न माग गर्दै संसद अवरोध गरेका थिए । मंगलबार गरेको परिक्षणमा उनीहरुलाई कोरोना संक्रमण देखिएको हो । रिपोर्ट पोजेटिभ आएको सांसदको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ । कोरोना पोजेटिभ देखिएका सांसद्ले मुख्यमन्त्री विरुद्धको अवश्वासको प्रस्तावमा मतदान गर्न पाउने बताइएको छ ।
मंगलबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा कोरोना परिक्षण गर्दा रिपोर्ट पोजेटिभ आएकालाई बोल्न नदिने तर मतदान गर्न दिने सहमति भएको जनाइएको छ । उक्त सहमति अनुसार नै संसद अघि बढ्ने बताइएको छ । कोरोना संक्रमित सांसदलाई मतदान गर्न छुट्टै व्यवस्था गरिने बताइएको छ ।
मुख्यमन्त्रीले अविश्वास प्रस्तावमा उठेका प्रश्नको जवाफ दिएपछि मतदान हुनेछ । तर अविश्वासको प्रस्ताव माथि मतदान कहिले गर्ने भन्ने टुङ्गो नलागेको जनाइएको छ ।
















निर्वाचनको ४८ घण्टा अगावै नेपाल-भारत सीमानाका बन्द गरिने
साफ महिला च्याम्पियनसिप उपाधिका लागि शनिबार पोखरामा बङ्गलादेश र भारत भिड्दै
‘लत’ लाग्ने सामग्री परिवर्तन गर्न टिकटकलाई इयूको निर्देशन
भारतविरुद्धको खेल बहिष्कारमा पुनर्विचार गर्न पाकिस्तानलाई श्रीलङ्काको आग्रह
कांग्रेसले देशलाई एकताबद्ध बनाउने गरेको छः उपसभापति शर्मा
मौसम पूर्वानुमान: आज यी तीन प्रदेशमा हिमपातसहित वर्षाको सम्भावना
सुनचाँदीको मूल्य फेरि बढ्यो, आजकाे मूल्य कति ?
सशस्त्र प्रहरीको प्रवक्तामा नायब महानिरीक्षक भट्ट
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
चन्द्रमाको मानव मिसन अघि बढाउँदै नासा : रकेट इन्धन परीक्षण सफल
प्रतिक्रिया