आजदेखि कास्कीमा लकडाउन सुरु
मेरोन्यूज
२०७८ वैशाख १५ गते १२:१८

पोखरा । विश्वभर तीव्र गतिमा कोरोना भाइरस (कोभिड–१९)को नयाँ भेरियन्ट फैलिएको भन्दै कास्कीमा आजदेखि एक साताका लागि लकडाउन सुरु भएको छ । गत १३ गते बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)को बैठकले आज बिहान ६ बजेदेखि २१ गते राति १२ बजेसम्म लकडाउन गर्ने निर्णय गरेको थियो ।
प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा बसेको बैठकले कोरोना नियन्त्रण गर्ने भन्दै एक हप्ताका लागि लकडाउन गर्ने निर्यण गरेको थियो । बैकठले अत्यावश्यक कामका लागि प्रयोग हुने सवारी साधनबाहेक सबै बन्द गर्ने निर्यण गरेको थियो ।
डिसिसिएमसीको निर्णयअनुसार एम्बुलेन्स, दमकल, शववाहान, खाद्यसामाग्री तथा पशुपंक्षीका दाना, तरकारीलगायत खाद्य सामागी ढुवानी गर्ने सवारी साधन भने सञ्चालन हुनेछ । यस्तै, सभा, सम्मेलन, गोष्ठी, तालिम जस्ता बढी भिडभाड हुने सबै प्रकारका गतिविधि बन्द गरिएको छ ।
सम्बन्धित
















प्रधानमन्त्री शाहलाई रूसका प्रधानमन्त्रीको बधाई
पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना
आजदेखि संसद् अधिवेशन
आजदेखि एसइई परीक्षा
आज हनुमान जन्मजयन्ती मनाइँदै
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
चैत १९ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
प्रतिक्रिया