एलिनाले सम्बन्ध विच्छेद गरेपछि समीक्षाले भनिन्: सलाम छ,बहिनीका रुपमा म सधै तपाईंको साथमा रहिरहनेछु

काठमाडौं । गायिका एलिना चौहानले आज (माघ २९ गते) पति विष्णु सापकोटासँग सम्बन्ध विच्छेद गरेकी छन्।
एलिनाले श्रीमान् सापकोटासँग सँगै बस्ने अवस्था नरहेको उल्लेख गर्दै यही माघ १८ गते दिएको निवेदनअनुसार काठमाडौँ जिल्ला अदालतले मंगलबार सम्बन्ध विच्छेद गरिदिएको हो।
यसमा प्रतिक्रिया दिँदै अर्की गायिका समीक्षा अधिकारीले एलिनाले आफूलाई सक्षम र साहसी साबित गरेको भनी प्रशंसा गरेकी छन्।
‘दिदी एलिना, आफूलाई भन्दा बढी माया गरेको, सम्पूर्ण रूपले जीवन नै सुम्पिएको पतिबाट अलग हुनुपर्दाको अकल्पनीय चोट तपाईंले सहनुपरेको छ। जुन एउटी नारीले सर्वस्व गुमाएको क्षण हो। हिजो मलाई अन्यायका विरुद्ध डटेर सामना गर्न उत्प्रेरणा दिनुहुन्थ्यो, मलाई त्यतिबेलै तपाईं साँच्चै साहसी लाग्नुहुन्थ्यो’, समीक्षाले सामाजिक सञ्जालमार्फत भनेकी छन्, ‘आज हिंसा र यातनाविरुद्ध जीवनको सारथिबाटै अलग हुने निर्णय गरेर फेरि आफूलाई हिम्मतवाली, सक्षम र साहसिक साबित गरिदिनुभएको छ। सलाम छ। बहिनीका रूपमा म सधैँ तपाईंको साथमा रहिरहनेछु। बि स्ट्रोङ।’
















रक्षा क्षमता घटाउने बिषयमा अमेरिकासँग कुनै वार्ता हुँदैन : इरान
कांग्रेस सभापति थापाद्वारा पार्टी एकता र सङ्गठन सुदृढीकरणमा जोड
जापानमा सन् २०२५ मा बालबालिकाको आत्महत्या दर उच्च, कारण यस्ताे
आइसिसी एसिया क्षेत्रको सम्मेलन नेपालमा हुने
सुदूरपश्चिममा बालेनको मौन चुनावी अभियान
इन्डोनेसियामा पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या ३४ पुग्यो, दर्जनौं अझै बेपत्ता
पहाड र सहर बुझेँ, यसपटक मधेस बुझ्न सर्लाही आएँ : गगन थापा
भदौ २३ को दिन मैले गोली चलाउने कुनै पनि आदेश दिएको छैन : केपी ओली
पूर्वमन्त्री यादवसहित ८ नेता जसपा नेपालबाट निष्कासित
भ्रामक समाचार नलेख्न राष्ट्रिय प्रकृति संरक्षण कोषको आग्रह
प्रतिक्रिया