हमासले शनिबार सम्म बन्दी मुक्त नगरे आक्रमण सुरु गर्ने इजरायलको घोषणा

इजरायल ।इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले हमासले शनिबार बन्दी रिहा नगरे युद्ध सुरु गर्ने चेतावनी दिएका छन्। हमासले इजरायलमाथि युद्ध विराम पालना नगरेको आरोप लगाएपछि नेतन्याहुले यस्तो चेतावनी दिएका हुन्।
नेतन्याहुको प्रतिक्रियापछि हमासले भने आफू युद्ध विरामका लागि तयार भएको तथा कुनै ढिलाइ तथा जटिलता आए यसमा इजरायल नै जिम्मेवार हुने बताएको छ।यस साता ढिलाइ हुनुको पछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भनाइसँग सम्बन्धित रहेको जनाइएको छ। राष्ट्रपति ट्रम्पले शनिबार सबै बन्दी रिहा गर्नुपर्नेमा जोड दिएका थिए।
मंगलबार चार घण्टा लामो समयसम्म भएको इजरायलको क्याबिनेट बैठकमा नेतन्याहुले आफू डोनाल्ड ट्रम्पले राखेका प्रस्तावको समर्थक रहेको बताएका थिए। उनले शनिबार मध्यान्ह १२ बजेको समय राखेर हमासलाई चेतावनी दिएका छन्।प्रधानमन्त्री नेतन्याहुले तत्कालै युद्ध छेड्नका लागि आइडिएफलाई निर्देशन नै दिइसकेको बताएका छन्।
इजरायली सञ्चार माध्यम हार्टेजका अनुसार निर्धारित तीन बन्दी शनिबार रिहा गरे युद्ध विरामलाई निरन्तरता दिने पक्षमा नै इजरायल छ।
ट्रम्पको भनाइ पछि हमासले यसमा आपत्ति जनाइ सकेको छ। हमासले डोनाल्ड ट्रम्पले गाजाबाट प्यालेस्टाइनीलाई अन्यत्र विस्थापित गर्ने योजनामा पूर्ण रूपमा असहमति जनाएको छ। हमासले आफ्ना नागरिकको राष्ट्रिय हक छिन्दै आदिवासी उन्मुलन गर्ने ट्रम्पको नीति भएको आरोप लगाएको हो।
हमासले ट्रम्पको नीति तानाशाही भएको आरोप लगाएको छ।













कञ्चनपुरमा सवारी दुर्घटना न्यूनीकरणका लागि ‘ब्ल्याक स्पोट’ बोर्ड
शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा
PM extends greetings of Tamu Lhosar, Maipru Naku
शंकर पोखरेलको प्रश्न : गैरदलीय सरकारका मन्त्री पार्टी उपसभापति बन्नु कति उचित हो ?
समानुपातिक उम्मेदवार टुंगो लगाउन एमालेले बोलायो सचिवालय बैठक
देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
उज्यालो नेपालको निर्णय- विलय हुनेगरी कतै नजाने
प्रधानमन्त्री कार्कीसँग पूर्वप्रधानमन्त्रीहरु देउवा, ओली र प्रचण्डकाे बैठक जारी
कांग्रेस निर्णय- समानुपातिक उम्मेदवार चयन मापदण्ड तयार, अनुशासनको कारबाहीमा परेकालाई माफी
प्रतिक्रिया