‘सनम तेरी कसम’काे पुनः रिलिजकाे ४ दिनमै दोब्बर कमाइ, सिक्वेल पनि बन्ने

मुम्बई । हर्षवर्धन राणे र पाकिस्तानी अभिनेत्री मावरा होचनको रोमान्टिक फिल्म ‘सनम तेरी कसम’ को सिक्वेलको धेरै माग रहेको छ, जसले पुनः रिलिजपछि बक्स अफिसमा ठूलो कलेक्सन गरिरहेको छ ।
फ्यानको मागपछि अब फिल्मका निर्माताले पनि सिक्वेलको अपडेट दिएका छन् । जब देखि फ्यानहरुलाई ‘सनम तेरी कसम’ को सिक्वेल आउन लागेको थाहा भयो, उनीहरुको खुसीको सिमा नै रहेको छैन् ।
सन् २०१६ मा रिलिज भएको हर्षवर्धन राणे र पाकिस्तानी अभिनेत्री मावरा होचनको रोमान्टिक फिल्म ‘सनम तेरी कसम’ त्यो बेला बक्स अफिसमा नराम्रोसँग फ्लप भए पनि अब ९ वर्षपछि यही फेब्रुअरी ७ मा यो फिल्म पुनः रिलिज गरिएको थियो । पुनः रिलिज हुने बित्तिकै फिल्मले दर्शकको मन जित्यो र बक्स अफिसमा हलचल मच्चाउन सुरू गरयो ।
यो फिल्मले दुई दिनमै ‘सनम तेरी कसम’को ओरिजिनल लाइफटाइम कलेक्शनलाई उछिनेको अवस्था छ । फिल्मले राम्रो कमाई गरेपछि निर्माण पक्षले दोस्रो भागको बारेमा जानकारी दिएको छ ।
निर्माताले भने, ‘फिल्मको कथा यस्तो थियो कि हामीले पहिलो पार्ट लेख्दा सिक्वेलको पनि लेखिएको थियो । हामीसँग सिक्वेलको कथा तयार छ र हामीलाई राम्ररी थाहा छ इन्दरको कथा अब कहाँ जान्छ ? भाग १ को अन्त्यमा, जब इन्दर रूखमा पुग्छ र सरुको आवाज गुञ्जिन्छ, यो सिक्वेल जोड्ने थियो।’
अगाडी भनिएकाे छ, ‘लामो समय देखि स्क्रिप्ट तयार भएकोले अब ‘सनम तेरी कसम’ को सिक्वेल अर्को वर्षको भ्यालेन्टाइन डेमा ल्याउनु पर्ने भएको छ र यो भ्यालेन्टाइन डेमा पहिलो भाग सबैले हेरिसकेका छन् । अब दर्शकले चाहेमा ल्याउनुपर्छ । सिक्वेलका गीत पनि लगभग तयार भइसकेका छन् । त्यसैले ‘सनम तेरी कसम’ मन पराउनेहरुले अब सिक्वेलको पनि काम भइरहेको छ । छिट्टै घोषणा गरिने छ ।’
९ वर्षअघि सनम तेरी कसमले ९ करोडको लाइफटाइम कलेक्सन गरेको थियो भने पुनः रिलिजको मात्र २ दिनमा ११ करोडभन्दा बढी कमायो । फ्लपबाट सुपरहिट बनेको सनम तेरी कसमले पहिलो दिन ५.१४ करोड कमाएको थियो भने अब ४ दिनमा १८.५७ करोड कमाएको छ ।
















इरानले युद्धविरामका लागि अनुरोध गरेकाे ट्रम्पकाे दावी इरानद्वारा अस्वीकार
राष्ट्रिय सुरक्षाको विषयलाई पुनःपरिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति
पाकिस्तान र अफगानिस्तानका अधिकारीबीच चीनमा वार्ता
खातामा स्थायी लेखा नम्बर र ईमेल ठेगाना अद्यावधिक गर्न आग्रह
हुन्डाई नेपालद्वारा नयाँ वर्षलक्षित ‘हुन्डाईसँग शुभ यात्रा-२०८३’ अफर सुरु
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
चैत १९ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
प्रतिक्रिया