भ्रातृ संस्थामा आवधिक निर्वाचन नहुँदा पार्टीको आन्तरिक जीवनमा असर पुग्यो : नैनसिंह महर

बुटवल। नेपाली कांग्रेसका केन्द्रीय नैनसिंह महरले पार्टीका भ्रातृ र सुवेच्छुक संस्थाको विधान अनुसार नियमित महाधिवेशन हुन आवस्यक रहेको बताएका छन्।
नेपाल मुस्लिम संघ लुम्बिनी प्रदेशको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै नेता महरले लामो समय प्रमुख भ्रातृसंस्थाको अधिवेशन हुन नसक्दा नेतृत्व हस्तान्तरणका साथै पार्टीको आन्तरीक जीवनमा समेत असर पुगेको बताएका हुन्।
मधिवेशन प्रक्रिया रोकिँदा कांग्रेसको प्रजातान्त्रिक चरित्रमाथि समेत प्रश्न उठ्ने गरेको उनले औंल्याए। ‘लोकतन्त्रको पहिलो विशेषता आवधिक निर्वाचन हो। यो प्रक्रियाबाट पार्टी र भ्रातृ तथा सुवेच्छुक संस्थालाई बाहिर्याउँदा लोकतन्त्रलाई कमजोर बनाउँछ। लोकतन्त्र कमजोर हुँदा पार्टीलाई क्षति पुग्छ। जनता पनि कमजोर हुन्छन्,’ उनले भने।
यस विषयमा पार्टीको निर्णायक तहमा बसेका पदाधिकारी गम्भीर बन्नुपर्ने उनको भनाइ छ। महाधिवेशनका लागि गठित निर्देशक समिति जिम्मेवारी लिन प्रतिवद्ध देखिए पनि नेतृत्व प्रतिवद्ध नदेखिएको उनले औंल्याए।
‘समग्र पार्टी र मातहतका निकायले महाधिवेशन समयमै सम्पन्न गर्नका लागि सहयोग गर्नु आवश्यक छ। पार्टीमा बढीभन्दा बढी युवालाई जोड्ने महाधिवेशनका माध्यमले नै हो। समयमै महाधिवेशन सम्पन्न नगर्ने चरित्रले पार्टी र लोकतन्त्र बलियो हुन सक्दैन,’ उनले भने।
चैतभित्रै महाधिवेशन गर्ने केन्द्रीय समितिको निर्णय कार्यान्वयन हुनुपर्ने र कुनै बहानामा ढिलाइ गर्न नहुनेमा महरको जोड छ।
नेपाली कांग्रेस सम्बद्ध नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल, नेपाल महिला संघलगायत भ्रातृसंस्थाको अधिवेशन हुन सकेको छैन।

















बीपी राजमार्ग आज बिहानदेखि अवरुद्ध
कांग्रेस नेता पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय सदस्यहरूको बैठक
हावाहुरीबाट मधेस प्रदेश प्रभावित : सिरहामा पर्खाल भत्किँदा महिलाको मृत्यु
अध्ययन बिदामा गएका प्राध्यापक नफर्किँदा त्रिविलाई दुई अर्ब नोक्सानी, फिर्ता गर्न थाले तलबभत्ता
३३ अंकले घट्यो सेयर बजार
लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाकाे निर्णय
हर्क साम्पाङको फेसबुक आइडी सस्पेन्ड
रास्वपाकाे मुख्य सचेतकमा कविन्द्र बुर्लाकोटी, सचेतकमा प्रकाशचन्द्र र क्रान्तिशिखा
शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब
प्रतिक्रिया