सोमबार, वैशाख ८, २०८२

लोसपाले पनि भूमिसम्बन्धी अध्यादेशमा समर्थन नगर्ने

मेरोन्यूज २०८१ माघ ३० गते १८:५१

काठमाडौं । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीले भूमिसम्बन्धी अध्यादेश अस्वीकार गर्ने भएको छ ।

अध्यक्ष ठाकुरले एक विज्ञप्ति जारी गर्दै यथास्थितिमा यो अध्यादेश स्वीकार्न नसक्ने बताएका हुन् ।

सरकारले ल्याएको भूमिसम्बन्धी अध्यादेशले कृषिमा आधारित गरिब समुदायलाई यसको उपलब्धिको दायराबाट बञ्चित राख्ने तथा वनफडानी र अवैध कब्जा गर्ने प्रवृत्तिलाई बढावा दिने लोसपाको ठहर छ ।

राष्ट्रियसभामा अध्यादेश पारित गर्न निर्णायक रहेको जसपा नेपालले पनि यसअघि नै यो अध्यादेश अस्वीकार गर्ने निर्णय गरिसकेको छ ।

प्रतिक्रिया