आइतबार, चैत १, २०८२

डान्सबारमा कुटपिट हुँदा एक जनाको मृत्यु

मेरोन्यूज २०८१ फागुन २ गते ९:१६

रुपन्देही । नवलपरासी पश्चिमको बर्दघाटस्थित एक डान्स बारमा कुटपिट हुँदा एक जनाको ज्यान गएको छ।

Advertisement
nepal life insurencenepal life insurence

बर्दघाट नगरपालिका–१३ जमुनाबारीस्थित नशा रेष्टुरेन्ट एण्ड डान्स बारमा दुई पक्षबीच भएको कुटाकुटमा एक जनाको मृत्यु भएको हो।

घटना गत माघ २८ गते मध्यराति भएको भए पनि घाइते प्रतापुर गाउँपालिका–९ खैरेनीका वर्ष ४५ का सन्तबहादुर चौधरीको उपचारको क्रममा ३० गते साँझ साढे ४ बजे चौरहा अस्पताल बुटवल मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक नारायण थापाले जनाकारी दिए। 

घटनामा संलग्न भएको आरोपमा प्रहरीले डान्स बारका सञ्चालक राकेश हरिजनसहित प्रतापपुर–१ बस्ने अमित चौधरी र सोही स्थानका सरोज चौधरीलाई नियन्त्रणमा लिएको छ। प्रहरीले घटनबारे अनुसन्धान थालिएको जनाएको छ।

प्रतिक्रिया