मोतीयाबिन्दुका बिरामीको निःशुल्क शल्यक्रिया

पर्वत । लामो समयदेखि आँखाको रोग बल्झाएर बसेका यहाँका १५४ जनाको निःशुल्क आँखाको शल्यक्रिया गरिएको छ ।
आँखाको उपचारका लागि पोखरा, काठमाडौँ जान नसक्ने बिरामीको समस्यालाई मध्यनजर गर्दै प्रदेश अस्पताल पर्वतमा सञ्चालन गरिएको तीनदिने शिविरमा मोतीयाबिन्दुका बिरामीको शल्यक्रिया गरिएको हो । गत माघ २९ देखि यही फागुन १ गतेसम्म गरी तीन दिनसम्म शिविर सञ्चालन गरिएको थियो ।
पर्वत सक्रिय लायन्सक्लबको आयोजना तथा रेज होप युकेको आर्थिक सहयोगमा तीनदिने शिविर सञ्चालन गरिएको हो । शिविर सञ्चालनका लागि हिमालय आँखा अस्पताल पोखरा, नेपाल नेत्रज्योति सङ्घ लगायतको प्राविधिक सहयोगसमेत रहेको थियो ।
यसअघि जिल्लाका आठ स्थानमा सञ्चालन गरिएको आँखा जाँच शिविरबाट पाँच हजारभन्दा बढीको आँखा परीक्षण गरिएको थियो । उनीहरुमध्येबाट १५४ जनाको मोतीयाबिन्दुको शल्यक्रिया गर्नुपर्ने पहिचान गरिएको थियो । पहिचान भएका सबैलाई सदरमुकाम कुश्मामा रहेको प्रदेश अस्पतालमा बोलाएर निःशुल्क शल्यक्रिया गरिएको लायन्स क्लबका पूर्वडिस्ट्रिक्ट चिफ एडमिनिस्टर वसन्तकुमार कर्माचार्यले जानकारी दिए ।
दुई वर्षदेखि बिसौँ वर्षसम्म आँखासम्बन्धी समस्या बल्झाएर बसेका ८६ वर्षको उमेरसम्मका वृद्धको शल्यक्रिया गरिएको उनले बताए । लामो समयदेखि आँखा नदेख्ने समस्या बोकेका वृद्धवृद्धाले नयाँ संसार देख्न पाएको भन्दै खुसी व्यक्त गरेका थिए ।
मोतीयाबिन्दुका बिरामीको शल्यक्रियाका लागि कतिपय वडाले निःशुल्क सवारी साधनको व्यवस्था गरेको थियो । जिल्लाका सातवटै स्थानीय तहमा यसअघि स्क्रिनिङ शिविर सञ्चालन गरिएको थियो ।















मोदीको पोस्टमा बालेनको रिप्लाई : नेपाल–भारत सम्बन्ध परिणाममुखी हुने विश्वास छ
‘उज्यालो नेपाल अभियानमा अझ सशक्त रूपमा अघि बढ्ने’
कुनै डर, त्रास र धम्कीमा न्याय सम्पादन हुन सक्दैन : वरिष्ठतम् न्यायाधीश मल्ल
विदेश जाने नेपाली विद्यार्थीको पहिलो रोजाइमा जापान, व्यवस्थापन पढ्ने धेरै
मौसम धुम्म भइन्जेल सचेत रहन आग्रह
ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरमा विजयी
रास्वपाको चुनावी वाचापत्रमा यस्ता छन् आर्थिक सुधारका ‘एजेन्डा’
अटो दुर्घटना हुँदा चार जनाको मृत्यु, एक घाइते
हालसम्म ८३ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, कस्ले कति जिते ?
तबला दिएको फोटो राख्दै ओलीले भने- बालेन बाबु बधाई !
प्रतिक्रिया