मंगलबार, वैशाख २२, २०८३

युके पठाइदिने भन्दै ३२ लाख ५७ हजार ठग्ने धादिङका अधिकारी पक्राउ

मेरोन्यूज २०८१ फागुन २ गते १८:५६

काठमाडौं । वैदेशिक रोजगारीका लागि युके पठाइदिने बहानामा ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

Advertisement
NiccNicc

पक्राउ पर्नेमा धादिङ त्रिपुरा सुन्दरी गाउँपालिका-३ घर भई हाल काठमाडौं तारकेश्वर नगरपालिका-५ बस्ने ५३ वर्षीय दिनेश अधिकारी छन्।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले शुक्रबार काठमाडौं-२६ बाट पक्राउ गरेको उक्त कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेशकुमार बस्नेतले जानकारी दिए।

अधिकारीले युकेमा आकर्षक तलब हुने प्रलोभनमा पारेर एक व्यक्तिलाई ३२ लाख ५७ हजार रुपैयाँ ठगी गरेको आरोप छ।

लामो समयसम्म झुक्यानमा पार्दै विदेश नपठाएर अधिकारी सम्पर्कविहीन भएपछि ती पीडित प्रहरीमा उजुरी दिन पुगेका थिए।

पक्राउ परेका अधिकारीलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि शुक्रबार नै वैदेशिक रोजगार विभाग ताहाचलमा पठाइएको एसएसपी बस्नेतले बताए।

प्रतिक्रिया