टेबलटेनिसको दुई दिने अम्पायर ट्रेनिङ सम्पन्न

काठमाडौं । दुई दिने राष्ट्रिय अम्पायर सर्टिफिकेसन कार्यक्रममा शुक्रवार लैनचौरमा सम्पन्न भएको छ ।
अखिल नेपाल टेबलटेनिस संघको आयोजनामा भएको राष्ट्रिय अम्पायर सर्टिफिकेसनमा कुल ३३ जना प्रशिक्षित भएका थिए । बिहीवारदेखि लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको प्रशिक्षण सम्पन्न भएको हो । उनीहरूलाई अन्तर्राष्ट्रिय सर्टिफाइड अम्पायर नरेश रावलले प्रशिक्षण गरेका हुन् ।
समापन कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले क्षमतावन खेलाडीलाई अगाडि बढ्नका लागि निर्णायक भुमिका अहं हुने बताए । साथै घिसिङले कहिले कहीँ न्यायधीशले गलत पैmसला गर्दा मानिसको जीवन नै बरबाद हुने उल्लेख गर्दै टेबल टेनिसका न्यायधीशबाट गलत निर्णय हुँदा खेलाडीको जीवन अफ्ठ््यारोमा पर्ने भन्दै धैर्यता अपनाउनुपर्ने बताए ।
अन्तर्राष्ट्रिय स्तरसम्म पुग्ने माध्यमका रूपमा राष्ट्रिय अम्पायरको करियर अगाडि बढाउन उनले आग्रह गरे । एकदिन एशियन च्याम्पियनसिप र ओलम्पिकसमेत निर्णायकको भुमिका निभाउने लक्ष्यसहित अगाडि बढ्न घिसिङको आग्रह छ ।
प्रशिक्षित अम्पायरलाई राखेप सदस्यसचिव घिसिङले प्रमाणपत्रका प्रदान गरेका थिए । उनीहरूलाई टेबलटेनिस संघका अध्यक्ष वृजेन्द्रबहादुर हमाल र महासचिव कुँवर सिंहलगायतले बधाई दिएका थिए ।










गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर भाेकमरीको जोखिममा
थापाथलीकाे ऐतिहासिक चार अखडामा गाई पाल्न समस्या
बागमती प्रदेशसभाको बैठक बोलाउने तयारीमा सरकार : काे बन्ला सभामुख ?
कञ्चनपुर कारागारमा कैदीबन्दीबीच झडप हुँदा आठ जना घाइते
नेकपाले तोक्यो राष्ट्रिय सभा र प्रतिनिधि सभा उम्मेदवार छनोटका लागि कडा मापदण्ड
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
प्रतिक्रिया