आइतबार, वैशाख ६, २०८३

पत्रकारको प्रश्न सोध्ने शैलीलाई लिएर सूर्य थापाले संसदमा उठाए प्रश्न

मेरोन्यूज २०८१ फागुन ५ गते १४:१३

काठमाडौं । नेकपा (एमाले)का सांसद सूर्य थापाले पत्रकारले जथाभावी प्रश्न सोधेको भन्दै आक्रोश पोखेका छन् ।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

सोमबार प्रतिनिधि सभाको आकस्मिक समयमा बोल्दै सांसद थापाले आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग संसदमा भएको प्रश्नोत्तरका क्रममा आम जनता पार्टीका अध्यक्ष प्रभू साहले सोधेको प्रश्नप्रति इंगित गर्दै अधिकार दुरूपयोग भएको बताए।

आइतबार संसदबाट बाहिरिने क्रममा प्रधानमन्त्रीलाई लक्षित गरेर सोधिएको प्रश्नप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको उनले बताए । ‘मिडिया व्यवस्थापन संसदको कस्तो छवि बनाउने भन्ने विषयसँग अभिन्न रूपमा जोडिएको छ । सांसदहरूलाई कस्ता प्रश्न सोध्ने ? ती प्रश्न संविधान कानुनबमोजिम हुनुपर्छ कि पर्दैन ? अथवा पेड मिडियाको भूमिका खेल्ने गरी कसैद्वारा परिचालित भएर आरोपित गर्ने गरी प्रश्न गर्न पाइन्छ कि पाइँदैन,’ उनले भने, ‘आफैँले भोगेको र हिजो प्रधानमन्त्री लक्षित गरेर गरिएको प्रश्नप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । प्रधानमन्त्री बाहिरिँदा तपाईं हिटलर हो भनेर प्रश्न गरियो । नेपालको संसदले बनाएको प्रधानमन्त्री हिटलर हुन्छ ?’

सचिवालयको अनुमतिले रिपोर्टिङमा आएका पत्रकारले आचारसंहिता बाहिर गएर प्रश्न सोध्न मिल्छ कि मिल्दैन भनेर उनले प्रश्न गरे । ‘मलाई पनि एकजना मिडियाकर्मीले बुम तेर्स्याएर ‘तपाईं हनुमान हो’ भनेर प्रश्न गरेका थिए’ उनले भने ‘सांसदहरुलाई यस्ता प्रश्न गर्न पाइन्छ कि पाइँदैन ? म यो गम्भीरतापूर्वक ध्यानाकर्षण गर्न चाहान्छु’।

प्रतिक्रिया