सपथ खाएर झुटो बोलेकाे भन्दै सिंगापुरका सांसदलाई १४ हजार डलर जरिवाना

सिंगापुर । सिङ्गापुरका विपक्षी नेता प्रीतम सिंहलाई झुटो बोलेको आरोपमा दोषी ठहर गरेको छ ।
संसदीय समितिमा शपथ ग्रहण गरेर पनि झुटो बोलेको भन्दै उनलाइ दोषी ठहर गर्दै जरिवाना गरिएको हो । यसका लागि उनलाई १४ हजार सिंगापुर डलर जरिवाना गरिएको छ ।
तर, सिंगापुरका भारतीय मूलका सांसद जेल र अझ कडा जरिवानाबाट बच्न सफल भएका छन । सिङ्गापुरको संविधानमा वर्तमान सांसद रहेसम्म कम्तिमा एक वर्ष जेल वा कम्तिमा १० हजार डलर जरिवाना हुन सक्ने उल्लेख छ। त्यसपछि प्रमाणित भएमा उनले आफ्नो सीट गुमाउने छन् भने बाँकी जीवनमा चुनाव लड्न पनि अयोग्य हुनेछन् । त्यसैले सिंगापुरका सांसदहरू यो कठोर सजायबाट जोगिनका लागि कमै मात्रै झुट बोल्छन् ।
सिंगापुरको निर्वाचन विभागले सिंहलाई लगाइएको सजायले उनलाई सांसदको रूपमा अयोग्य ठहराउने स्तरमा नपुगेको भने जनाएको छ । अब उनी अर्को चुनाव लड्न सक्छन् । ४८ वर्षीय सिंहलाई वर्कर्स पार्टीका पूर्व सांसद रईस खानको आचरणको छानबिन गर्ने संसदीय समितिको अगाडि झुटा बयानको आरोपमा दोषी ठहर गरिएको थियो ।
जसले यौन दुर्व्यवहार पीडितलाई प्रहरी चौकीमा साथ दिने झुटो बयान दिन लगाएको स्वीकार गरेका थिए, जसको चार महिनाअघि नै सुनुवाइ सुरु भएको थियो । संसारभरका संसदहरूमा झूट बोल्ने विभिन्न नियम र परिणामहरू छन्। सामान्यतया हरेक देशको संसदले यसलाई गम्भीर विषय मान्ने गरेका छन्।
















बाँकेको नरैनापुरमा आगलागी, १३ घरगोठ जलेर ध्वस्त
सिटिजन्स बैंक खुला टेनिस : प्रणव र दर्शिल क्वाटरफाइनलमा
नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष श्रेष्ठ पक्राउ
सभामुख अर्यालसँग चिनियाँ राजदूतको शिष्टचार भेट
हुलाकबाट घरमै राहदानी वितरण १४ जिल्लामा सुरु, साढे दुई लाख सवारी ‘लाइसेन्स’ ढुवानी
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
सरकारी ठेक्काको विवरण हेरफेर आरोपमा थप दुई जना पक्राउ
मध्यपूर्व द्वन्द्वका कारण ऊर्जा सङ्कट गहिरिँदै, अमेरिकी अर्थतन्त्र प्रभावित
शेखर कोइरालाले गरे बुद्धिजीवीहरुसँग छलफल
प्रतिक्रिया