बुधबार, वैशाख १६, २०८३

बोलिभियामा बस दुर्घटना हुँदा ३० जनाको मृत्यु

मेरोन्यूज २०८१ फागुन ६ गते १०:२२

काठमाडौं । बोलिभियामा बस दुर्घटना हुँदा ३० जनाभन्दा बढी व्यक्तिको मृत्यु भएको छ। दक्षिणपश्चिमी जिल्ला योकाल्लामा लगभग ८०० मिटर (२६२५ फिट) तल बस खसेको प्रहरीले जनाएको छ । 

Advertisement
NiccNicc

चालकले गाडीको नियन्त्रण गुमाएको हुन सक्ने सम्भावना रहेको बताइएको छ । सडक दुर्घटनामा चार बालबालिकासहित चौधजना घाइते भएको बताएका छन्।

प्रहरी कर्णेल भिक्टर बेनाभिड्सले समाचारमाध्यमलाई दुर्घटना तीव्र गतिका कारण भएको हुन सक्छ, चालकले बस नियन्त्रण गर्न असमर्थ भएको बताए। दक्षिण अमेरिकी देशमा यो दुर्घटनालाई यस वर्ष अहिलेसम्म रिपोर्ट गरिएको सबैभन्दा गम्भीर सडक दुर्घटना मानिएको छ । घाइतेहरूमध्ये धेरैको अवस्था गम्भीर छ।

गत महिना पोटोसी नजिकै बस सडकबाट खस्दा १९ जनाको मृत्यु भएको थियो। सरकारी तथ्यांकअनुसार लगभग एक करोड २० लाख बासिन्दा भएको देशमा सडक दुर्घटनाले प्रत्येक वर्ष औसत १,४०० जनाको ज्यान जाने गरेको छ ।

प्रतिक्रिया