दाङमा सामुदायिक र निजी विद्यालयको ‘मितेरी’ सम्बन्ध

तुलसीपुर । केही समयअघि दाङको तुलसीपुर उपमहानगरपालिका–३ स्थित मावि प्रतापकोटको भवन रङरोगन थिएन । झ्याल, ढोका उप्किएका थिए । कक्षा कोठामा म्याट थिएन, जसले गर्दा विद्यार्थीहरू धुलैधुलोमा बस्न बाध्य थिए । डेस्क, बेञ्च भाँचिएका थिए । तर, अहिले त्यस्तो अवस्थामा छैनन् । सोही विद्यालयलाई सहयोग गर्न भगिनी सम्बन्ध जोडेको तुलसीपुर–६ स्थित गोरखा माध्यमिक विद्यालयले यी सबै समस्या समाधान गरिदियो । विद्यालय रङ्गीचङ्गी छ ।
कोठामा म्याट, डेस्क, बेञ्च नयाँ छन् । त्यति मात्रै होइन, कक्षा कोठामा स्मार्ट बोर्ड र प्राजेक्टर पनि छ । यसरी नै गोरखाले मावि प्रतापकोटमा जे आवश्यक छ, त्यो सहयोग गर्दै आएको छ । विद्यालयको भौतिक पूर्वाधार सहयोगदेखि खेलकुदका सामग्री पनि सहयोग गर्दै आएको छ भने विद्यार्थीलाई शैक्षिक सामग्री, पोसाकलगायत सहयोग गर्दै आएको गोरखा ग्रुपका शैक्षिक निर्देशक दुर्गा केसीले बताए ।
गएको वर्ष ३२ थान डेस्क, बेञ्च, पुरानो चार कोठे भवनको रङरोगन, झ्याल ढोका मर्मत गर्न सहयोग गरेको निर्देशक केसीले बताउनुभयो । त्यस्तै विगतमा विद्यार्थीलाई न्यानो कपडा वितरण, खेलकुद सामग्री, विद्यार्थीका लागि राउन्ड टेबल, म्याट, प्राथमिक उपचारका सामग्री सहयोग गरिएको छ ।
यो वर्ष पनि सोही विद्यालयलाई स्मार्ट बोर्ड दिने तयारी रहेको केसीको भनाइ छ । विद्यालयलाई थप दुई वटा स्मार्ट बोर्ड तत्कालै सहयोग गर्ने समेत प्रमुख केसीको भनाइ छ । स्मार्ट बोर्ड भएमा शिक्षक हाजिर नहुँदा पनि त्यही बोर्डमार्फत पढाउन सकिने हुँदा कक्षा खाली हुने अवस्था नआउने केसीको भनाइ छ ।
सामुदायिक विद्यालय र निजी विद्यालयबीच भगिनी सम्बन्धमा यसरी एकअर्काप्रति सहयोग आदानप्रदान हुने भन्दै यो सम्बन्ध जोडेर सहयोग गरिरहेको उनले बताए । भगिनी सम्बन्ध निरन्तर जारी रहने भन्दै विद्यार्थीलाई जे आवश्यक पर्छ, त्योअनुरूप सहयोग गर्ने उको भनाइ छ ।
साथै उनले सोही विद्यालयमा अध्ययन गरेर निस्केका एक जना विद्यार्थीलाई उच्च शिक्षाका लागि पनि सहयोग गरिएको उनको भनाइ छ । निजी विद्यालयसँगको भगिनी सम्बन्धले विद्यालयको मुहार फेरिएको मावि प्रतापकोटका व्यवस्थापन समिति अध्यक्ष लिलामणि बाँठाले बताए ।
“२०७५ सालदेखि हाम्रो भगिनी सम्बन्ध जोडिएको हो, त्यहाँदेखि नियमित सहयोग भइरहेको छ”, उनले भने, “त्यो सहयोगले हाम्रो विद्यालयको अवस्था फेरिएको छ ।” आवश्यक पर्ने डेस्क, बेञ्च, प्राजेक्टर, म्याट मात्रै होइन, विद्यार्थीलाई शैक्षिक सामग्री तथा कपडा समेत सहयोग गर्दै आएको भन्दै यसले विद्यार्थीमा आकर्षण थपेको उनको भनाइ छ ।
विद्यालयले विद्यालयलाई सहयोग गर्ने र विद्यार्थीले विद्यार्थीलाई नै सहयोग गर्ने गरेका छन् । सोहीअनुसार गोरखाका विद्यार्थीले समय–समयमा कपी, कलम, झोला, न्यानो कपडा सहयोग गर्दै आएका छन् । खाजा खर्च कटाएर यसरी सहयोग गर्ने गरेको विद्यालय व्यवस्थापन समिति अध्यक्ष बाँठाले बताए ।















विश्वकपमा इरानको समर्थन गर्दा केइसुके होन्डाले अमेरिकी विज्ञापन सम्झौता गुमाए
आयल निगमद्वारा पेट्रोलियम पदार्थको व्यापक मूल्य वृद्धी
वार्ताका लागि इरानले प्रस्ताव गरिरहेकाे ट्रम्पकाे दावी झुटाे : इरान
अष्ट्रेलियामा शरण मागेकी इरानी महिला फुटबल टोलीकी कप्तानले निवेदन फिर्ता लिइन्
यी हुन् कांग्रेसले समानुपातिकमा सिफारिस गरेका २० जना
मौसममा पश्चिमी प्रणालीको प्रभाव: केही स्थानमा वर्षा र हिमपातको सम्भावना
इरानी राष्ट्रपति पेजेश्कियान जनतासँगै सडकमा उत्रिए
प्रचण्ड र रविबीच कुराकानी
सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट, आज कतिमा काराेबार हुँदैछ ?
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
प्रतिक्रिया