बिहीबार, जेठ १, २०८२

काठमाडौंको चण्डोलमा तास खेलिरहेका पाँचजना पक्राउ

मेरोन्यूज २०८१ फागुन १० गते १६:१७

काठमाडौं । काठमाडौंमा तास खेलिरहेको अवस्थामा प्रहरीले पाँचजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–९, रातोपुलकी ६२ वर्षीया विजया श्रेष्ठसहितका व्यक्तिहरू छन् ।

काठमाडौं–४, चण्डोलस्थित सरिता धितालको घरमा जुवातास खेलिरहेको अवस्थामा शुक्रबार (फागुन ९) साँझ उनीहरूलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

नगद एक लाख ३७ हजार रुपैयाँ र सात बुक ताससहित उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उदयपुरमा ६ जना पक्राउ
उदयपुरमा तास खेलिरहेको अवस्थामा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा त्रियुगा नगरपालिका–१२, बुद्धचोकका ३४ वर्षीय ठमान राईसहितका व्यक्तिहरू छन् ।

त्रियुगा–१२ की ४५ वर्षीया बबिता चौधरीको घरमा जुवातास खेलिरहेको अवस्थामा शुक्रबार साँझ उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । नगद ४१ हजार ८२५ रुपैयाँ र १८ बुक ताससहित उनीहरूलाई पक्राउ गरिएको हो ।

प्रतिक्रिया