हमासले सबै बन्दी रिहाइको ग्यारेन्टी नगरेसम्म कसैलाई नछाड्ने नेतान्याहुको भनाइ

इजरायल । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले प्यालेस्टाइनी जेलबाट थप बन्दी छाड्न आनाकानी गरेका छन्।
हमासले शनिबार ७ अक्टोबर २०२३ मा बन्दी बनाइएका चार तथा त्यसअघि बन्दी बनाएका दुई जनालाई छाडेको हो।आफ्ना बन्दी छुटेपछि नेतान्याहुले अन्य बन्दीको रिहाइ ग्यारेन्टी नभएसम्म कसैलाई पनि नछाड्ने बताएका हुन्। उनले हमासले बारम्बार युद्ध विराम उल्लङ्घन गरेको आरोप समेत लगाए।
अर्को शनिबार हमास र इजरायलको पहिलो चरणको युद्ध विरामको समय सकिने छ। यस बिचमा शनिबार हमासले पहिलो चरण अन्तरगतको अन्तिम पटक जीवित बन्दी हस्तान्तरण गरेको हो।
अर्को साता चार जनाको शव हमासले इजरायललाई हस्तान्तरण गर्ने अनुमान गरिएको छ। ७ अक्टोबर २०२३ मा बन्दी बनाइएका मध्य ६२ जना अझै रिहा हुन बाँकी छन्। यस मध्यका करिब आधाको ज्यान गइसकेको अनुमान छ। दोस्रो चरणको रिहाइको कार्यक्रम १ मार्चबाट सुरु हुने अनुमान गरिएको छ।











गाँजा कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले चलायो गोली, २ जना भारतीय नागरिक पक्राउ
सञ्चारमन्त्री खरेल पोखरामा
तामाखानी उत्खननका लागि पुनः अध्ययन थालिएपछि मच्छिमबासी उत्साहित
एमाले सचिवालय बैठक बस्दै, समानुपातिक उम्मेदवारबारे छलफल हुने
मेची भन्सारमा ‘अनलाइन भ्यालुएसन सफ्टवेयर’ लागू
फेरि महामन्त्रीमै चुनाव लड्ने प्रदीप पौडेलको घोषणा
राष्ट्रिय महिला भलिबल प्रतियोगिता पुस २३ देखि
कांग्रेस नेता पौडेलद्वारा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा
जेनजी आन्दोलनको ‘म्याण्डेट’ नभुलौँ : महासचिव चन्द
बालेनलाई भेट्न पुगे बाबुराम भट्टराई
प्रतिक्रिया