बुधबार, चैत १८, २०८२

एनिमलको सेटमा रणवीरले रश्मिकालाई दिएका थिए सरप्राइज

मेरोन्यूज २०८१ फागुन ११ गते १२:५४

काठमाडौं। अभिनेत्री रश्मिका मन्डानाले फिल्म एनिमलको सुटिङको क्रममा रणवीर कपूरले आफुलाई सरप्राइज दिएको बताएकी छन् ।

Advertisement
nepal life insurencenepal life insurence

हालै दिएको एक अन्तर्वातामा अभिनेत्रीले यसबारे खुलासा गरेकी हुन् । उनले भनिन् ‘जब म फिल्म एनिमलको सुटिङ गर्दै थिएँ, मेरो ब्रेकफास्ट धेरै बोरिंग थियो। म हरेक दिन यसको बारेमा गुनासो गर्थें।’

‘रणवीरले यो कुरा थाहा पाउनुभयाे। एक दिन उहाँले आफ्नो भान्छेलाई मेरो लागि ब्रेकफास्ट बनाउन भन्नुभयाे। जब नास्ता आयाे म रुन थालेँ। त्यो एकदमै मिठाे थियो,’ रश्मिकाले थप भनिन्।

रणवीरले आफुलाई यस्तो खाना कसरी खान्छाै भनि सोधेको अभिनेत्री बताउँछिन्।

‘रणवीरले मलाई सोध्नुभयाे कि तिमी किन यति बोरिंग ब्रेकफास्ट खान्छौ।’ जवाफमा मैले भनेँ- तपाईंसँग राम्रा भान्सेहरू छन्। हामीसँग कुनै पनि छैन। हामी आम जनता हौं। हामी हैदराबादबाट कुनै पनि कुकलाई बोलाउन सक्दैनौं,’ अभिनेत्रीले भनिन्।

फिल्म एनिमलमा रश्मिका रणवीरकी श्रीमतीको भूमिकामा देखिएकी थिइन्। रणवीर र रश्मिकाका अलावा फिल्ममा अनिल कपूर, तृप्ति डिमरी, बबी देओल, सौरभ सचदेवा, प्रेम चोपडा र शक्ति कपूर पनि थिए।

सन्दीप रेड्डी वांगाद्वारा निर्देशित यो फिल्मले विश्वभर करिब ९०० करोड रुपैयाँ भारु कमाएको थियो।

प्रतिक्रिया