चलचित्र ‘लाज शरणम्’ काे सेन्सर पास
मेरोन्यूज
२०८१ फागुन ११ गते १४:३९

काठमाडौं । केन्द्रीय चलचित्र जाँच पास समिति(सेन्सर बोर्ड)बाट चलचित्र ‘लाज शरणम्’ पास भएको छ।
आज(आइतबार) सेन्सर बोर्डले ‘लाज शरणम्’लाई सेन्सर पास भएको प्रमाणपत्र प्रदान गरेको हो।
यसअघि उच्च अदालत पाटनले सेन्सर पास नभएसम्म फिल्मको प्रचार रोक्न आदेश दिएको थियो। नेता अफताव आलमले फिल्मका पात्र सीताराम कट्टेलको हुलिया मिलेको भन्दै अदालतमा रिट दायर गरेका थिए।
कुमार कट्टेलले निर्देशन गरेको चलचित्र ‘लाज शरणम्’ फागुन १४ गतेबाट प्रदर्शनमा आउँदै छ।
फिल्ममा अर्जुन घिमिरे, मुकुन्द श्रेष्ठ, विजय बराल, प्रशान्त ताम्राकार, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, माला लिम्बु, अर्जुन घिमिरे, सागर लम्साल, हरिश निरौला, प्रियाना आचार्य, बबिन राई, रामभजन कामत, कमलमणी नेपाललगायत कलाकारको अभिनय छ।
सम्बन्धित
















एसइई परीक्षा बिहीबारदेखि सुरु हुँदै : सबै तयारी पूरा
काठमाडौँबाट बाहिरिने यात्रुलाई हैरानी दिने ४८ जना पक्राउ
इरानले युद्धविरामका लागि अनुरोध गरेकाे ट्रम्पकाे दावी इरानद्वारा अस्वीकार
राष्ट्रिय सुरक्षाको विषयलाई पुनःपरिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति
पाकिस्तान र अफगानिस्तानका अधिकारीबीच चीनमा वार्ता
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
चैत १९ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
प्रशान्त महासागरको द्वीप राष्ट्र भानुआटुमा शक्तिशाली भूकम्प
प्रतिक्रिया