रुसको युक्रेनमा एकैसाथ २६७ ड्रोनबाट आक्रमण

काठमाडौँ । रुसले युक्रेनमा एकैसाथ २६७ ड्रोनले आक्रमण गरेको छ । युक्रेन युद्धको तीन वर्ष पूरा हुनुभन्दा एक दिन अगाडि यो भिषण आक्रमण गरिएको बताइएको छ । युक्रेनको वायुसेना कमान्डका प्रवक्ता युरी इग्नाटले रुसले एकैचोटि यति धेरै ड्रोनहरू प्रहार गरेको यो पहिलो पटक हो ।
युक्रेनी अधिकारीहरूका अनुसार खार्किभ, पोल्टाभा, सुमी र कीभ लगायत कम्तीमा १३ शहरहरूमा एकसाथ ड्रोन आक्रमण गरिएको थियो । युक्रेनी सेनाले रुसले पनि ३ वटा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको दाबी गरेको छ ।
बीबीसीका अनुसार यस आक्रमणमा धेरै भवनहरूमा क्षति पुगेको छ । आपतकालीन सेवाका अनुसार यसमा अहिलेसम्म ३ जना घाइते भएका छन् । केही रिपोर्टहरूका अनुसार खेरसनमा दुई जनाको मृत्यु भएको छ । यद्यपि यो कुराको पुष्टि अझै भएको छैन । यसबाहेक क्रिभी रीहमा पनि एक जनाको मृत्यु भएको छ । क्रिभी रिह एक औद्योगिक शहर हो, जहाँ युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीको जन्म भएको थियो ।
यसको जवाफमा युक्रेनले पनि रुसमाथि आक्रमण गरेको छ । रुसको रक्षा मन्त्रालयले आइतबार युक्रेनले २० वटा ड्रोनबाट आक्रमण गरेको बताएको छ । तर उनीहरूले सबै ड्रोनहरू खसालेको दाबि गरेका छन् ।











एमाले सचिवालय बैठकः समानुपातिकतर्फको बन्दसूची आयोगमा बुझाउने निर्णय
जसपा नेपाल र लोसपाबीच एकीकरण गर्ने निर्णय
जाडोमा आगो ताप्दा सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह
युद्ध अन्त्यका लागि ट्रम्प–जेलेन्स्की भेट हुँदै
सर्वोच्च अदालतः ‘हदम्याद, तारेख र म्याद थप अनुमति’
बंगलादेश प्रिमियर लिगमा आज सन्दीपको टिमले पहिलो खेल खेल्दै
आज २०८२ साल पुस ११ गते शुक्रबारको राशिफल
पुष १२ गते शनिवारकाे राशिफल, तपाइकाे आज दिन शुभ रहाेस्
महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै
मन्त्रिपरिषद् बैठकः विभिन्न जिल्लाका नौ स्थानमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने
प्रतिक्रिया