साढे ८ किलो सालकको खपटासहित गोकर्णेश्वरबाट चार जना पक्राउ

काठमाडौं। वन्यजन्तु सालकको खपटा (आखेटोपहार)को ओसारपसार तथा बेचबिखनमा संलग्न भएको आरोपमा चार जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा सर्लाही बरहथवा नगरपालिका-९ घर भई हाल काठमाडौं गोकर्णेश्वर नगरपालिका-५ जोरपाटी बस्ने ४८ वर्षीय कुवेरबहादुर स्याङताङ, नुवाकोट बेलकोटगढी नगरपालिका-५ घर भई हाल ललितपुर महालक्ष्मी नगरपालिका-७ बस्ने ४० वर्षीय सन्तबहादुर गुरुङ रहेका छन्।
यस्तै, ओखलढुंगा मोलुङ गाउँपालिका-६ घर भई हाल काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-६ बस्ने २८ वर्षीय राजु विश्वकर्मा र सुनसरी धरान उपमहनगरपालिका-१५ घर भई हाल काठमाडौं-२६ नयाँ बसपार्क बस्ने ४२ वर्षीय मदन राई रहेका छन्।
उनीहरूलाई शनिबार काठमाडौं गोकर्णेश्वर नगरपालिका-५ नचामुण्डा चोकबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।
कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार उनीहरूको साथबाट साढे ८ किलो सालकको खपटा बरामद भएको छ।
उनीहरूले कहाँबाट उक्त खपटा संकलन गरे भन्नेबारे डिभिजन वन कार्यालय हात्तीसार काठमाडौंले अनुसन्धान गरिरहेको छ।
















कोलम्बियाको कोइला खानीमा भएको विस्पोटमा ९ जनाको मृत्यु ६ जनाको उद्धार
विद्यार्थीको रुचिअनुसार पठनपाठनमा प्राथमिकता : मुख्यमन्त्री आचार्य
President issues Ordinance on Constitutional Council
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
प्रतिक्रिया