१ करोड ८३ लाखको बैंकिङ कसुरका फरार अभियुक्त पक्राउ
मेरोन्यूज
२०८१ फागुन ११ गते २०:२८

काठमाडौं । बैंकिङ कसुरका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। बैंकिङ कसुरका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-२५ घर भई वडा नम्बर २२ गणबहाल पीपलबोट बस्ने २१ वर्षीय उज्जवल रौनियार रहेका छन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले रौनियारलाई काठमाडौं बबरमहलबाट शुक्रबार पक्राउ गरेको हो।
रौनियारविरूद्ध पर्सा जिल्ला अदालतमा बैंकिङ कसुरको मुद्दा रहेको कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक काजीकुमार आचार्यले बताए।
१ करोड ८३ लाख रुपैयाँको बैंकिङ कसुर मुद्दामा पर्सा अदालतले उनीविरूद्ध पक्राउ पुर्जी जारी गरिसकेको छ।
रौनियारलाई जिल्ला प्रहरी कार्यालय पर्सामा पठाइएको प्रहरी उपरीक्षक आचार्यले बताए।
सम्बन्धित
















विश्वकप लिग-२ : आज ओमानसँग भिड्दै नेपाल
मौसम पूर्वानुमान: आज यी प्रदेशमा वर्षाको सम्भावना
आज कांग्रेसको संसद् समन्वय बोर्डको बैठक बस्दै
वैशाख २२ गते मंगलबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
प्रतिक्रिया