१ करोड ८३ लाखको बैंकिङ कसुरका फरार अभियुक्त पक्राउ
मेरोन्यूज
२०८१ फागुन ११ गते २०:२८

काठमाडौं । बैंकिङ कसुरका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। बैंकिङ कसुरका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-२५ घर भई वडा नम्बर २२ गणबहाल पीपलबोट बस्ने २१ वर्षीय उज्जवल रौनियार रहेका छन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले रौनियारलाई काठमाडौं बबरमहलबाट शुक्रबार पक्राउ गरेको हो।
रौनियारविरूद्ध पर्सा जिल्ला अदालतमा बैंकिङ कसुरको मुद्दा रहेको कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक काजीकुमार आचार्यले बताए।
१ करोड ८३ लाख रुपैयाँको बैंकिङ कसुर मुद्दामा पर्सा अदालतले उनीविरूद्ध पक्राउ पुर्जी जारी गरिसकेको छ।
रौनियारलाई जिल्ला प्रहरी कार्यालय पर्सामा पठाइएको प्रहरी उपरीक्षक आचार्यले बताए।
सम्बन्धित










अर्थपूर्ण भारत भ्रमणमा डा. बाबुराम भट्टराई
मधेस प्रदेशमा सभामुख चयनका लागि आज निर्वाचन
आज विश्व ध्यान दिवस मनाइँदै
कर्णालीबाट वैदेशिक रोजगारी : सल्यानबाट सबैभन्दा बढी, डाेल्पा कम
यस्तो छ आजकाे निर्धारित विदेशी मुद्राको विनिमयदर
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
प्रतिक्रिया