लस एन्जलसमा नेपाली पर्यटन प्रवर्द्धन

काठमाडौँ । संयुक्त राज्य अमेरिकाको पर्यटन मेलामा नेपालको पर्यटन प्रवर्द्धन गरिएको छ । लस एन्जलसमा यही फेब्रुअरी २२ र २३ मा सञ्चालित ‘एडभेन्चर ट्राभल शो’ नेपाल पर्यटन बोर्डको नेतृत्वमा चार कम्पनीले सहभागिता जनाएका हुन् ।
मेलामा नेपाल ट्रेक एडभेन्चर एण्ड एक्स्पीडिसन प्रालि, ओझा होलिडे टुर एण्ड ट्रेक्स प्रालि, फ्रेण्ड्स एडभेन्चर टिम प्रालि र नेपाल सेन्चुरी ट्रेक्स प्रालिले सहभागिता जनाएका हुन् । उक्त पर्यटन मेलामा नेपालले १५ वर्षपछि सहभागिता जनाएको हो ।नेपालको मनमोहक परिदृश्य, समृद्ध संस्कृति र रोमाञ्चकारी साहसिक पर्यटनबारेमा मेलामा जानकारी गराइएको मेलामा सहभागी ट्रेक एडभेन्चर एण्ड एक्स्पीडिसन प्रालिका सञ्चालक एवम् ट्रेकिङ एजेन्सीज एशोसियशन अफ नेपाल (टान)का पूर्वमहासचिव विनोद सापकोटाले जानकारी दिए ।
सन् २०२४ मा नेपाल घुम्न आएका जम्मा पर्यटकमध्ये १० प्रतिशत अर्थात् एक लाख १२ हजार पर्यटक अमेरिकाको रहेको नेपाल पर्यटन बोर्डले जनाएको छ । नेपाल आउने पर्यटकमध्ये भारतपछि अमेरिका दोस्रो नम्बरमा पर्छ ।
मेलामा नेपाल पर्यटन बोर्डका सञ्चालक सदस्य राजेन्द्र लामा, बोर्डका निर्देशक हिक्मतसिंह ऐर, पर्यटन व्यवसायी रमेश ओझा, नवीन पोखरेल, कुन्दन मिश्रलगायतको सहभागिता रहेको छ । त्यसै गरी क्यालिफोर्नियाका लागि नेपालका अवैतनिक वाणिज्य दूत ऋषिप्रसाद ढकालको समेत उपस्थिति रहेको थियो ।
दुई दिनसम्म सञ्चालित उक्त मेलामा नेपालसहित ब्राजिल, जापान, इण्डोनेसिया, भियतनाम, ताइवान, कोरियालगायतका देशका करिब एक सय बढी स्टलहरू राखिएका थिए ।











युक्रेनी नेता जेलेन्स्की र अमेरिकी राष्ट्रपति ट्रम्पबीच फ्लोरिडामा भेटवार्ता हुने
मन्त्रिपरिषद् बैठकः विभिन्न जिल्लाका नौ स्थानमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने
दुई दिनदेखि बेपत्ता रहेका व्यक्ति मृत फेला, हत्याको आशङ्का
म्यान्मामा पाँच वर्षपछि पहिलो पटक आम चुनाव हुँदै
रवि र बालेन सहमति नजिक, भोलि अन्तिम रूप दिने तयारी
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
लिबियाका सैन्य प्रमुखको टर्कीमा विमान दुर्घटना परि मृत्यु
क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
मन्त्री कुलमान घिसिङले सार्वजनिक गरे सय दिनका १०१ काम
रुस–युक्रेन युद्ध अन्त्यका लागि अमेरिका–युक्रेनको २० बुँदे नयाँ योजना सार्वजनिक
प्रतिक्रिया