शंकर पोखरेलको चिन्ता- सोसल मिडियामा घृणा, आक्रोश र गालिगलौचको अपसंस्कृति भित्रियो

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पछिल्लो समय नेपाली समाजमा खासगरि सोसल मिडियामा घृणा, आक्रोश र गालिगलौचको अपसंस्कृति भित्रिएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
उनले यस्तो अपसंस्कृति कायम रहने हो भने जो नेता भएपनि र जस्तो शासन व्यवस्था आएपनि देश र समाजको अधपनलाई कसैले पनि रोक्न नसक्ने ठोकुवा गरेका छन् ।
उनले लेखेका छन्-
आजभोली नेपाली समाजमा विशेषगरी सामाजिक संजालमा जुन प्रकारको घृणा, आक्रोस र गालिगलौचको अपसंस्कृति भित्रिएको छ, यो कायम रहने हो भने जो नेता भएपनि जस्तो शासन व्यवस्था आएपनि देश र समाजको अधपनलाई कसैले रोक्न सक्तैन ।
कुनै पनि देशको विकास र समृद्धिका लागि नेतृत्व प्रतिको भरोसा र भविष्यप्रतिको आशावादीता तथा काम गर्नसक्नेलाई समर्थन र प्रोत्साहनको वातावरण चाहिन्छ । सबै उस्तैहुन् भन्ने भावनाले समाजलाई फगत निरासातर्फ मात्र धकेल्दछ । समाजको नेतृत्व गर्न चाहने व्यक्ति, समुह र राजनीतिक दलहरु यस्ताकुरामा गम्भीर हुनु पर्दछ ।











रौतहटको मदिरा उद्योगमा विस्फोट हुँदा १ जनाको मृत्यु, ६ जना घाइते
क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
स्वामी परमानन्द सरस्वतीको सम्मानमा संस्मरणात्मक हुलाक टिकट प्रकाशन
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
मन्त्री कुलमान घिसिङले सार्वजनिक गरे सय दिनका १०१ काम
रुस–युक्रेन युद्ध अन्त्यका लागि अमेरिका–युक्रेनको २० बुँदे नयाँ योजना सार्वजनिक
राप्रपा र राप्रपा नेपालकाे सरप्राइज एकता घाेषणा
प्रतिक्रिया