प्रहरी कुट्ने अनेरास्ववियुका पाँचै जनालाई धरौटीमा छाड्ने आदेश

काठमाडौं । काठमाडौँको ठमेलमा प्रहरी कुट्ने सत्तारुढ दल नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियूका विद्यार्थी नेताहरुलाई काठमाडौं जिल्ला अदालतले धरौटीमा छाड्ने आदेश दिएको छ ।
न्यायाधीश हर्कबहादुर केसीको इजलासले सो प्रकरणमा पक्राउ परेका पाँचै जना विद्यार्थी नेताहरुलाई धरौटीमा छाड्ने आदेश दिएको हो ।
इजलासले पक्राउ परेका रमेश फुलारालाई १५ हजार तथा कमलराज जोशी, गोपालबहादुर शाही, नवीनसिंह ऐर, दिनेश सिग्देललाई जनही १०-१० हजार धरौटीमा छाड्न आदेश दिएको हो ।
जोशी अनेरास्ववियुका स्थायी कमिटी सदस्य तथा अमृत साइन्स क्याम्पस (अस्कल) इकाइका पूर्व अध्यक्ष हुन् ।
उनीहरुले प्रहरी वृत्त, दरबारमार्गमा केशरमहल बिटबाट खटिएका प्रहरी हवल्दार जगुलाल घर्ती र जवान नगेन्द्रराज विष्टमाथि सांघातिक आक्रमण गरेका थिए ।
अनेरास्ववियूका नेताहरुको सांघातिक आक्रमणमा परी घाइते भएका प्रहरी हवल्दार घर्तीको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भएको थियो । घर्तीको टाउकोसहित शरीरको विभिन्न भागमा चोट लागेको थियो । त्यस्तै, जवान विष्टको आँखामा र शरीरका अन्य भागमा सामान्य चोट लागेको थियो ।


















कोइला सकिएपछि हेटौँडा सिमेन्ट उद्योगद्वारा उत्पादन बन्द
कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार
PM Shah to hold discussions with Chief Ministers of all provinces
अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता
इरानको विश्वकप यात्रा सुनिश्चित
इरानको समुद्री क्षेत्रमा नाकाबन्दी लागू भएको घोषणा गर्दै ट्रम्पले दिए कडा चेतावनी
चिनियाँ राजदूतसँग गृहमन्त्री सुदनले भने-‘सरकार एक चीन नितीप्रति प्रतिवद्ध छ’
सम्पत्तिबारे गृहमन्त्रीकाे जवाफ : गरिब जन्मिनु गल्ती होइन, गरिब नै भएर मर्नुचाहिँ गल्ती
अस्ट्रेलियाली सेनामा पहिलो महिला प्रमुख
प्रतिक्रिया