कोभिड नियन्त्रणका लागि किनिएका उपकरण प्रयोगविहीन

महोत्तरी । कोभिड–१९ नियन्त्रणका लागि महोत्तरी जिल्ला अस्पतालमा खरिद गरिएका दुई करोड ५५ लाख बढीका उपकरण अहिले प्रयोगविहीन बनेका छन् । एक वर्षअघि कोभिड विशेष अस्पतालका रूपमा अस्पताललाई विकास गरेर कोरोना नियन्त्रणका लागि दुई करोड ५५ लाख ५२ हजार लागतमा पाँच थान भेन्टिलेटर, श्यया, मोनिटर, इकोलगायतका आइसीयू सेटका उपकरण खरिद गरी ५० श्ययाको कोभिड विशेष अस्पताल सञ्चालन गरिएको थियो ।
गत वर्षको कोरोना महामारीका बेलामा पनि भेन्टिलेटर र आइसीयू सञ्चालनका लागि दक्ष जनशक्ति नपाएर सो अस्पतालले ती उपकरण प्रयोग गर्न सकेको थिएन भने वर्षभरि नै ती सामग्री प्रयोगविहीन बनेर थन्किएका थिए । अहिले कोरोना महामारीले आक्रान्त बनेका बेला ती करोरौँका उपकरण अझै प्रयोगविहीन अवस्थामै रहेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सुरेश पाण्डेले स्वीकार गरेका छन । त्यस्तै गत वर्षमात्रै तीन करोड ४३ लाख खर्च गरेर बनाइएको कोभिड विशेष अस्पताल अहिले कामविहीन बनेको छ ।
अस्पताल विकास समितिका अध्यक्ष पाण्डेले दक्ष जनशक्ति ९दरबन्दी) को अभावमा भेन्टिलेटर र आइसीयू सञ्चालन हुनसक्ने अवस्था नरहेकाले अहिलेसम्म दोस्रो लहरको बेला पनि जलेश्वरमा कोभिड विशेष अस्पताल सञ्चालनमा आउन नसकेको बताए । गत वर्ष सो अस्पतालमा विभिन्न शीर्षकमा गरी कोभिड नियन्त्रणका नाममा आठ करोड बढी खर्च गरिएको थियो । ती खर्चको कुनै सदुपयोग नभएको र त्यसमा व्यापक अनियमितता भएको स्थानीयवासी शिवचन्द्र चौधरीले आरोप लगाए ।
अस्पतालमा अहिले कोभिड महामारीको सामना गर्न कुनै तयारी नरहेको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा सतिश साहले बताए । उनले उक्त अस्पताल अब स्थानीय निकाय मातहतमा गइसकेको र स्थानीय निकायबाट कोभिड नियन्त्रणको अहिलेसम्म ठोस कदम नचालिएकाले कोरोनाका बिरामी नराखिएको तथा उपचारसमेत शुरु नभएको बताए ।
भारतसँगको निर्वाध आवागमन र आफ्नै देशको राजधानीसहितका ठाउँबाट बिनाजाँच गरर जिल्लामा आवागमन जारी रहेका कारण विगत १५ दिन (वैशाख १ गतेदेखि १५ गतेसम्म) मा ७२ कोरोना सङ्क्रमित भइसकेका अस्पतालका कोभिड फोकल पर्सन प्रतिभा सिंहले जानकारी दिए । रासस














कांग्रेस विशेष महाधिवेशन : निर्वाचन कार्यतालिका संशोधन
नबिल बैंकका अध्यक्ष चौधरीले लिए शपथ
तिङ्कर नाका नियमित नहुँदा व्यापार प्रभावित
NC President Deuba shows flexibility to prevent party split
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
कांग्रेस फुट्न दिँदैनाैं, आवेग हाेइन विवेकले निर्णय गरेर सिंगो पार्टीको नेतृत्व गर्छौं : विश्वप्रकाश शर्मा
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
नेपोबेबीको राज देखेर जनता रिसाएकै हुन् – गगन थापा
अब एक व्यक्ति २ पटकभन्दा बढी प्रधानमन्त्री हुन नपाइने प्रतिवेदन पेस गर्दै विश्वप्रकाश
प्रतिक्रिया