अत्यावश्यक कामका लागि बाहिर निस्कनेलाई पास नचाहिने
मेरोन्यूज
२०७८ वैशाख १६ गते १७:२५

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले अत्यावश्यक कामका लागि बाहिर निस्कनेलाई पास नचाहिने बताएको छ । प्रशासनले सुचना जारी गर्दै अत्यावश्यक बस्तुका सवारी साधन, बैक तथा वित्तीय संस्थाका कर्मचारी, सरकारी र सार्वजनिक संस्थान, विमानस्थल जाने र आउने यात्रुलाई सवारी पास नचाइने जनाएको छ ।
कोरोनाको दोस्रो लहर बढेपछि सरकारले आजदेखि एक साताका लागि काठमाडौं, ललितपुर र भक्तपुरमा निषेधाज्ञा लागु गरेको छ । प्रशासनको सूचना अनुसार मृत्यु संस्कार र अत्यन्त जरूरी कार्यबाहेक कार्यालयबाट पास उपलब्ध नहुने जनाएको छ । अत्यावश्यक काम र पास आवश्यक नपर्नेहरूले कतै अवरोध भएमा १०० र १०३ मा फोन गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले आग्रह गरेको छ ।

सम्बन्धित















राष्ट्रियसभा उपाध्यक्षमा सांसद भण्डारीको उम्मेदवारी
सभामुख अर्यालले लिए शपथ
द्वन्द्वग्रस्त सुडानमा अस्पताल असुरक्षित, हजारौँ नागरिक प्रभावित
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
प्रदेश खारेज गर्नेभए दुई तिहाइ पुर्याइदिन्छौं : ज्ञानेन्द्र शाही
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
बादलको अभिव्यक्ति पार्टी नीति विपरीत छ : विष्णु पौडेल
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
प्रतिक्रिया